हेटौंडा । हेटौंडा–५,स्थित ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्था र ज्ञानदीप शिक्षा (जीएस) निकेतन माध्यमिक विद्यालयले २५ औं वार्षिकोत्सवको अवसरमा रजत महोत्सव मनाउने भएको छ । सोमबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै माघ गतेबाट विविध कार्यक्रमको आयोजना गर्दै रजत महोत्सव मनाउन लागेको जानकारी गराएका छन् । माघ ८ गते पहिलो दिन विद्यालयमा कक्षा–१० विद्यार्थीले सहभागिता जनाउन पाउनेगरी जिल्लास्तरीय छात्रा बुद्धिचाल प्रतियोगिताको आयोजना गर्न लागेको सहकारीका सचिव लिलानाथ ढुंगेलले जानकारी दिएका छन् । दोस्रो दिन माघ ९ र १० गते हेटौंडा–४,स्थित हुप्रचौरमा नगरस्तरीय छात्र भलिबल प्रतियोगिताको आयोजना गरिने सचिव ढुंगेलले बताए ।

कक्षा–१० का विद्यार्थी सहभागी हुन पाउने प्रतियोगिताको विजेता र उपविजेता टिमले १५ हजार रुपैयाँ र १० हजार रुपैयाँको नगद पुरस्कारसहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, सेमिफाइनलमा पराजित हुने दुई टिमले ५ हजार रुपैयाँको नगद पुरस्कार तथा मेडल प्राप्त गर्नेछन् । बुद्धिचालमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः५ हजार रुपैयाँ, ३ हजार रुपैयाँ र २ हजार रुपैयाँको नगद पुरस्कार र ट्रफी प्राप्त गर्नेछन् ।

माघ १० गतेकै दिन बिहान विद्यालयको प्राङ्गणमा नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता, अभिभावक तथा सेयर सदस्यहरबीच युगल व्याड्मिन्ट्न प्रतियोगिता, माघ ९ गते नगरस्तरीय चित्र कला प्रतियोगिता, नगरस्तरीय स्थलगत निबन्ध प्रतियोगिता, माघ ११ गते ज्ञानदीप खेलकुद सप्ताह, ५० जना विपन्न परिवारलाई शैक्षिक सामाग्री वितरण कार्यक्रमको आयोजना गरिने उनले बताए ।

माघ १६ गतेदेखि १८ गते सम्म तीन दिवसीय विशेष कार्यक्रमको आयोजना गरिने छ । जस अन्तर्गत पहिलो दिन प्रभातफेरी, विद्यालयको गीत लोकापर्ण, स्मारिका विमोचन, रजत स्तम्ब अनावरण, विषयगत शैक्षिक प्रदर्शनी, फुड स्टल, स्वास्थ्य शिविर र साँस्कृति तथा पुरस्कार वितरण कार्यक्रम समावेश गरिएको छ । दोस्रो दिन साँस्कृति कार्यक्रम तथा पुरस्कार वितरण समारोह, कक्षा–४ देखि कक्षा–६ सम्मका विशेष साँस्कृतिक कार्यक्रम र तेस्रो दिन वृह्त चित्र प्रदर्शनी सम्मान एव्म साँस्कृति कार्यक्र हुनेछ । रजत महोत्सव कार्यक्रम सम्पन्न गर्नका लागि २१ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

रातो समाचार संवाददाता
थप जानकारी