हेटौंडा । विश्वकै सबैभन्दा लामो तथा विषालु मानिने किङ कोब्रा (राजगोमन)सर्पको टोकाइमा परेका सर्प उद्दारकर्ता राजेश थापा (गरिब)को मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालको आइसियुमा उपचार भइरहेको छ । मकवानपुरको विभिन्न स्थानमा सर्प उद्दार गर्दै आइरहेका सर्प उद्दारकर्ता राजेश थापा गरिबले मंगलबार बकैया गाउँपालिकामा किङ कोब्रो सर्प उद्दार गर्ने क्रममा टोइमा परेका थिए ।
सर्पदंश हुन साथ गरिब बकैया गाउँपालिकाबाट एक स्थानीय वासिन्दाको गाडीको माध्यमबाट हेटौंडा अस्पताल सम्म आइपुगेका थिए । उपचारका क्रममा उनलाई करिब ३ देखि ५ वटा स्नेक एण्टी भेनम चडाएको हो । डिभिजन वन कार्यालय मकवानपुर हेटौंडाको समन्वयमा हेटौंडा अस्पतालमा ल्याउना साथ उनलाई खतराबाट बचाउनका लागि पहिलेनै २ वटा स्नेक एण्टी भेनम चडाइएको थियो ।
हेटौंडा अस्पतालका मे.सु डा.रामचन्द्र सापकोटा, डा.हरि खडका लगायतले समन्वय गरेर उनलाई आइस्युको बेड सम्म पुर्याइएको थियो । हाल उनको उपचार आइस्युमा भइरहेको र अवस्था भने मध्यम रहेको पाइएको छ । उनलाई सर्पले टोकेपछि उनीसँग उद्दार कार्यमा संलग्न भएका छोरा रोशन थापा दीपले सर्पको सकुशल उद्दार गरेका थिए । दुई बाबु छोराले विगत डेढ वर्ष भन्दा बढीको समयदेखि मकवानपुरको विभिन्न स्थानहरुबाट विषालुसँगै अविषालु सर्पहरुको सकुशल उद्दार गर्दै आएका छन् ।























प्रतिक्रिया दिनुहोस्