बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका ५ स्थित माछा पालन अहिले भाइरल बनेको छ ।

हेटौंडा बजारको बुद्धचोकबाट चौघडा तर्फ` करिब दुईकिलो मिटरको दुरीमा रहेको  माछा पालन केन्द्रको पोखरी सफा गर्नकालागि  पानी सुकाइएपछि एकाएक भाईरल भएको हो ।

पानी सुकाएर पोखरी खाली बनाइएपछि हरियो घास पलाएर जमिनको भाग चिरा चिरा भएपछि सोही स्थानमा भिडियो खिच्ने र  टिकटक बनाउन आउनेको भीड लाग्ने गरेको हो ।प्रकृतिक जलासय मत्स्य प्रवद्धन संरक्षण केन्द्र हेटौँडाका मत्स्य बिकास अधिकृत अशोक अधिकारीले बताए। माछा पालन गर्न तथा संरक्षणको तथा तार जाली बनाउनका लागि पानी सुकाइएको र यसका काम भईरहेको अवस्थामा भित्रै प्रवेश गर्नेहरुका कारण कामलाई समेत बाधा भएको बताएका हुन् ।

पोखरी मर्मतको लागि पानी सुकाएको अवस्थामा टिकटक बनाउँनेहरुको भिडले गर्दा मेसिन लगाएर सफागर्न समेत समस्या परेको बताए ।

अधिकृत अधिकारीले भने “ सफा गर्न पानी सुकायौँ । फेरी पानी भरेर माछा पाल्ने हो । यो कुनै पर्यटकिय स्थल नै होइन । भाइरल बनाईयो यसले गर्दा घुम्ने बाहानामा आएर भित्रै प्रवेस गर्ने र जथाभावी फालेको फोहोरले झनै समस्या भयो ।  कामका लागि समस्याात छ नै अब  भित्रको सररफाई गर्न  थप जनसक्ती लगाउन पर्ने भयो ।  हामीले रोक्न प्रयास गर्छौ तर अर्कोतिरबाट प्रवेश गरेर हैरानी भएका छौँ । मर्मत कार्य नै प्रभावित भएपछि  पोखरीमा प्रवेश निषेध गरेका छौँ । ”

#Hetaudaभाईरल बनाईयो माछा पोखरी।टिकटक बनाउन आउनेको भीड।सफा गर्नपनि नदिएर त्यतीकै बनाएका रैछन् भाईरल।