हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुर क्षेत्र नम्बर-२ प्रतिनिधि सभा सदस्य प्रशान्त उप्रेतीले हेटौंडा-९ स्थित हेटौंडा कपडा उद्योगले सञ्चालनको लागि सरकारको बाटो कुरिरहेको बताएका छन् । बुधबार भएको प्रतिनिधिसभाको बैठकमा सभाका सभामुख डिपी अर्याल समक्ष आफ्नो कुरा राख्दै विगत धेरै वर्षदेखि बन्द रहेको कपडा उद्योगले सञ्चालनका निमित्त सरकारको बाटो कुरिरहेको धारालाई राखेका हुन् ।
केही समयअघि नेपाल सरकारका गृहमन्त्री सुदन गुरुङले नेपाल प्रहरीका पोशाक नेपालमै सिलाउने भनेर घोषणा गरेको कुरालाई स्मरण गराउँदै त्यो कार्य गर्नका लागि हेटौंडा कपडा उद्योग सञ्चालन हुन आवश्यक रहेको उनले बताए । विसं २०५७ सालदेखि पूर्ण रूपमा बन्द रहेको हेटौंडा कपडा उद्योग सञ्चालन गर्नका लागि सरकारलाई आफ्नो कदम र आवश्यक कार्य अगाडि बढाउन आग्रह गरे ।
गृहमन्त्री गुरुङले घोषणा गरेको प्रहरी पोशाक निर्माण कार्यको थालनी तथा सुरुवात हेटौंडा कपडा उद्योगबाट गर्न अनुरोध गरेका हुन् । उनले प्रतिनिधि सभाको बैठकमा गत भदौ २३र २४ गते भएको जेनजी आन्दोलनको क्रममा ज्यान गुमाउने जेनजी तथा सहिदप्रति श्रद्धाञ्जली व्यक्त समेत गरेका छन् । हेटौडा कपडा उद्योग झन्डै २५, २६ वर्षदेखि बन्द अवस्थामा रहेको छ ।

























प्रतिक्रिया दिनुहोस्