नवल खड्काको निर्माण ताथा निर्देशक रहेको नेपाली चलचित्र “काँडेतार” सेन्सर बोर्डले  सर्टिफिकेट नदिने भएको छ ।

सेन्सर बोर्डका सदस्यहरुले फिल्म हेरेपछि भारतसितको सम्बन्धमा असर पर्ने भन्दै चलचित्र जाँच समितिले सो फिल्मलाई रोक लगाएको हो ।

 

एक हप्ताअघि सार्वजनिक शीर्ष गीतमा  नेपाल भारत सीमामा काँडेतार लगाउनु पर्ने देखाइएको थियो ।फिल्म हेरिसकेपछि बोर्डका पदाधिकारीले सो चलचित्रलाई सेन्सर प्रमाणपत्र दिन अस्वीकार गरेका हुन् ।

सार्वजनिक गरिएको टिजरले राम्रौ चर्चा पाएको थियो ।

नेपालको भूमि हडप्न भारतीय सेनले गरेको प्रयास  खुला सीमाका कारण भैरहेका गलत प्रवृति माथि प्रहार गरिएको  फिल्मका कुनै पनि दृश्य तथा संवादहरू नकाटिकन चलचित्र  प्रदर्शन गर्न दिन आफूले आग्रह गरेको  खड्काको भनाई छ ।

जनताको देशभक्तिपूर्ण भावनालाई बुझेर निर्मित चलचित्रलाई प्रदर्शन गर्न सर्टिफिकेट नदिएको खण्डमा बोर्डका विरुद्ध न्यायका खातिरअदालत जाने खड्काले बताएका छन् ।

खड्काले यसअघि पनि निर्माण गरेका आवाज, भीमदत्त र दशगजा लगायतका चलचित्रहरुमाथी पनि सेन्सर लगाइएको थियो ।

“काँडेतार” कथा लेखन पनि खड्काकै  मुख्य भूमिकामा खड्का छन् साथमा गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरी, बाल कलाकारहरु नादिया खड्का, सनया खड्कालगायतको अभिनय छ ।

मणि थापा र दीपक शर्माको संगीत रहेको ‘काँडेतार’को छायाँकार सौरभ लामा हुन् ।

तारा थापा ‘किम्भे’ र बन्दे प्रसादको सम्पादन नवलसँगै माकिको राई र अञ्जु केसी निर्माताको रुपमा छन् ।

कार्यकारी निर्माता नवलकी गायिका सत्यकला राई हुन् । यसअघि फिल्मको