वैशाख २९ गते प्रर्दशनको तयारीमा रहेको चलचित्र ‘हल्कारा’को ट्रेलर सार्वजनिक भएको छ ।
हुलाक सेवाको सरकारी जागिरमा रहेको युवकको कथा रहेको अनुमान गर्न सकिने २ मिनेट ४४ सेकेण्ड लामो ट्रेलर बिहीबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको हो ।
ट्रेलरले रोजगारीको लागि विदेशिएको पुरुष र उसलाई पर्खेर बस्ने एक नारीको कथा समेत प्रस्तुत गरेको र गाउँमा चिठ्ठी पुऱ्याउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावको कथा हो भन्ने मान्न सकिन्छ ।
महेश त्रिपाठी र बिनिता थापामगरको प्रमुख अभिनयमा त्रिपाठीले हल्काराको चरित्र निर्वाह गरेका छन् ।
महेश र बिनिताको साथमा शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ्ग, विद्या कार्की, प्रकाश दाहाल, बिष्णुभक्त अधिकारी, दीपक क्षेत्री लगायतको अभिनय रहेको छ ।
चलचित्रका लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा हुन् भने विप्लव प्रतीक र आकाश बरालले सह(लेखन गरेका छन्।
ब्रुनो भ्यालेन्टीको ओरिजिनल म्यूजिक रहेको छ भने प्रोडक्सन साउण्ड ज्योति रानाको रहेको ।
‘हल्कारा’का कलरिस्ट लियोनार्डो क्यान्डियन हुन् ।
काठमाडौँ उपत्यकामा जिजिए ग्रुपले वितरण गर्ने यो चलचित्रको एफडी कम्पनीले वितरण गर्ने भएकोछ ।














प्रतिक्रिया दिनुहोस्