हेटौंडा उपमहानगरपालिकामा रहेको नवोदय शिशु सदन मावि, हेटौंडा स्कूल अफ म्यानेजमेण्ट र काठमाडौं पब्लिकेसनले बाल साहित्य महोत्सव सम्पन्न गरेको छ ।
हेटौंडा ४ स्थित नवोदय शिशु सदन मावि परिसरमा सम्पन्न कार्यक्रमका विषयमा बोल्दै कार्यक्रम संयोजक समेत रहेका शिक्षक सीएम रिमालले विद्यार्थीमा कला साहित्यको सीप तथा सिर्जनात्मक क्षमता अभिवृद्धि भई पठन संस्कृतिको विकास हुने विश्वास रहेको बताए ।
संयोजक सीएम रिमालले बताए अनुसार शिक्षक, अभिभावकका लागि विभिन्न विषयमा कार्यशाला सन्चालन भएको थियो भने मकवानपुर जिल्लामा रहेका विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावकको सहभागिता रहेको हो ।
महोत्सवमा कला, साहित्य, बाजागाजा र संस्कृतिको पहिचान गरार्इ लाखेको मुखुन्डो पहिरिएर गरिने परम्परागत नृत्य लाखे नाच देखाइएको थियो।
चितवन, नवलपुर, बारा, रौतहट र सर्लाही जिल्लाका विद्यार्थी, शिक्षकको पनि सहभागिता रहेको थियो ।
त्यस्तै बाल साहित्य महोत्सवमाभारतीय लेखक समिना मिश्र र पाकिस्तानी शिक्षाविद् रुमना हुसेनको पनि सहभागिता रहेको थियो ।





















प्रतिक्रिया दिनुहोस्