भीमफेदी । गर्मी यामको समस्यमा विभिन्न घरहरुमा सर्प देखा पुर्न भनेको सामान्यनै भन्न सकिन्छ । गर्मी मौसम रुचाउने भएकोले विषालुसँगै विभिन्न अविषालु सर्पहरु विभिन्न स्थान तथा घरहरुमा देखिनु कुनै ठूलो कुरा हैन । तर गर्मी याम सुरु भएसँगै मकवानपुर जिल्लाका विभिन्न स्थानहरुमा अन्य सर्पहरुसँगै किङ्ग कोब्रा -राजगोमन  देखिनु भनेको आश्चर्य जनक मानिएको छ ।

मकवानपुरको विभिन्न स्थानहरमा पछिल्लो १० दिनको अवधीमामात्रै किङ्ग कोब्रा सर्पहरु  देखिएको छ ।

बैशाख १ गतेदेखि बैशाख १० गतेको अवधीमामात्रै पत्रकारितामा समेत सक्रिया रहेका सर्प उद्दारकर्ता राजेश थापा (गरिब)ले मकवानपुरको विभिन्न स्थानको घरहरुबाट विश्वकै सबैभन्दा लामो तथा विषालु किङ्ग कोब्राको उद्दार गरेका छन् । सर्पउद्दारकर्ता राजेश थापा गरिबले १० दिनकै अवधीमा किङ्ग कोब्रो उद्दारमा ह्याट्रिक पूरा गरेको बताएका छन् । उनले बैशाख १ गते पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा वडा नम्बर–८ स्थित ठोटारीबाट, बैशाख ४ गते हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९,स्थित वडा कार्यालयका कर्मचारी आशिष खतिवडाको मामा घरबाट, पुनः बागमती गाउँपालिका  -७ . धनसाइबाट किङ्ग कोब्रा सर्पको  सकुशल सर्पको उद्दार गरेका हुन् ।

हेटौंडा उपमहानगर नजिकै सामरी पारी मकवानपुरगढी गाँउपालिकासंग जोडिएको  भीमफेदी गाउँपालिका वडा नम्बर–१,स्थित एक घरको गाई गोठबाट बिहीबार किङ्ग कोब्रा सर्पको उद्दार गर्दै  उद्दारमा ह्याट्रिक पूरा गरेको बताउँछन् ।

किङ्ग कोब्राको सर्प आएको भनेर घरको छिमेकबाट खबर गरेपछि तत्कालै गरिबसँगै उनका श्रीमती गीता कार्की थापा हेटौंडाबाट तत्कालै घटना स्थलमा पुगेर १ घण्टाको संघर्षपछि किङ्ग कोब्रा सर्पको  सकुशल सर्पको उद्दार गरेको बताए ।

किङ्ग कोब्राको कारणले त्रसित अवस्थामा रहेको स्थानीय वासिन्दाहरुको डर उद्दारपछि मुक्त भएको थियो । उनीहरु दुई दम्पत्य मिलेर करिब १३ फिट लामो सर्पको उद्दारपछि डिभिजन वन कार्यालय मकवानपुरसँग फोन मार्फत सम्पर्क गरेर सुरक्षित वास स्थानमा सकुशल छाडेका बताउँछन् । मकवानपुरमा रहेर सञ्चार क्षेत्रमा सक्रिय रहेका गरिब सर्प उद्दारको क्षेत्रमा पनि चर्चामा रहेका छन्।

उनले  रोशन थापा दीपसँग मिलेर यस अघि हेटाैँडा उपमहानगरपालिका वडा नम्बर–९,१० र १९ नम्बर वडाबाट र मकवानपुरगढी गाउँपालिकाबाट पनि किङ्ग कोब्रोको उद्दार गर्न सफल भइसकेको बताउँछन् । उनले डेढ वर्षको अवधीमामात्रै मकवानपुरबाट करिब ११ वटा  किङ्ग कोब्रा सर्पको  उद्दार गरिसकेको बताए ।

वातावरणका लागि एकदमै महत्वपूर्ण मानिने सर्पलाई मार्नु हुन्न भन्ने मनोभावनाले दुबै उद्दारकर्ता विगत २ वर्षको सर्पदेखि सर्प उद्दारको क्षेत्रमा क्रियाशिल रहेका छन् । अन्य सर्प भन्दा २० प्रतिशत बुद्धि हुने  अत्यन्त संवेदनशिल किङ्ग कोब्रा सर्पले मात्रै एक पटकका झण्डै ४० वटा देखि ५० वटा सम्मा अण्डा दिएर गुण बनाएर करिब ३ं महिनासम्म त्यही गुँडमा बसेर अण्डाको संरक्षण गर्ने काम गर्छ भने अण्डाबाट बच्चा निकल्नुभन्दा ३,४ दिन पहिलेनै सर्प खाने भएको त्यहाँबाट भाग्ने गर्छ ।

किङ कोब्रालाई राजगोमन र कालीनाग पनि भनिन्छ । किङ्ग कोब्रा आहारकालागि सर्पलाईनै शिकार बनाउछ । सर्प खाने सर्प भएकाले यसको वैज्ञानिक नाम ओफियोफेगस हाना हो । यसको टोकाइमा पाइने न्यूरोटक्सिक भेनम विष अत्यन्त घातक हुन्छ । किङ्ग कोब्राको एक पटकको टोकाइले करिब २१ जना मानिस वा एउटा हात्तीलाई मार्न सक्छ । तर, पनि किङ्ग कोब्रा सर्पले हत्तपत्त मानिसहरुलाई टोक्न खोज्दैन । मानिसहरुबाट सकेसम्म टाढा बस्न रुचाउँने किङ्ग कोब्रा मात्र एउटा यस्तो सर्प को जसलाई देख्नसाथ बाघ हात्ती जस्ता ठूला जनावहरु पनि पछि सर्छन ।

अहिलेसम्म मकवानपुरमा हेर्नेहो भने विषालु सर्पहरु किङकोब्रा, मोनोस्लेड कोब्रा, स्पेटिकल कोब्रा, बेन्डेड करेट, कोरल स्नेक, ग्रिन पिट भाइपर, रेडनेक किलव्याक भेटिने गरेको छ । त्यस्तैगरि अविषालु सर्पहरु अजिंगर सहित कपर हेडेट ट्रिङ्केट, कमन ट्रिङ्केट, ट्वीन स्पोटेट, उल्फ् स्नेक, बफस्ट्रीप्ड किलव्याक, ब्रोन्जब्याक ट्रि स्नेक, चेकर्ड किलव्याक स्नेक, र्याट स्नेक, त्यस्तैगरि हल्का विषालु सर्पहरुमा फ्रोस्टेन क्याट स्नेक, अर्नेट फ्रलाईङ्ग स्नेक, कमन क्याट स्नेक भेटिने गरेका छन् । सर्प विशेषज्ञहरूले गरेको खोजअनुसार नेपालको दुई हजार मिटरसम्मको उचाइमा पनि सर्पहरू पाइने गरेका छन् ।

ही कतै सर्प उद्धार गर्नु परेमा राजेश गरिब – रोशन दिप  9855031145, 9866122471 

रातो समाचार संवाददाता
थप जानकारी