कुलेखानी (इन्द्रसरोबर) । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नम्बर–१,स्थित कुलेखानी डिजिटल पत्रकारिता तथा पत्रकारितामा एआईको प्रयोग सम्बन्धी अभिमूखीकरण कार्यक्रम सुरु भएको छ । बागमती प्रदेश सरकार अन्तर्गतको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति र जिल्ला शाखा मकवानपुरको सहकार्यमा बुधबारबाट मकवानपुरका पत्रकाहरुको क्षमता अभिवृद्धिका लागि तालिम सुरु भएको हो ।

विज्ञान र प्रविधि युगको समयमा डिजिल पत्रकारितामा आर्टफिसियल एन्टलिजेन्स (एआई)को प्रयोगको बारेमा जानकारी दिन तालिमको आयोजना गरेको जानकारी दिइएको छ । पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्णसारु मगरको सभाध्यक्षमा सुरु भएको कार्यक्रममा कानून मन्त्री शिवराज अधिकारीको प्रमुख आतिथ्यता कार्यक्रम रहेको छ ।

कार्यक्रममा मन्त्री अधिकारीले पछिल्लो समय सूचना प्रविधीको विकाससँगै पत्रकारिताको शैलीमा पनि परिवर्तन भएको बताउँदै त्यसलाई आत्मसात गर्दै अघि बढ्न उनले तालिमका सहभागी पत्रकारहरुलाई सुझाव दिए । अहिले समय एआईको भएकोले यसलाई सही तरिकाले सदुपयोग गर्न आवश्यक रहेको बताए ।

महासंघका प्रदेश समितिका अध्यक्ष मगरका अनुसार ‘आजको परिस्थिति र परिवर्तन सूचना प्राविधिको कारणले भएको हो । उनले कन्टेन क्रियटरको युगमा पत्रकारिताको मोडल परिवर्तन हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेश समितिका उपाध्यक्ष हरि हुमागाईँ, पत्रकार महासङघ मकवानपुरका उपाध्यक्ष ध्रुव अधिकारी, महासङ्घ बागमती प्रदेश समितिका सदस्य उज्जल अधिकारी, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका महाशाखा प्रमुख पदम ओझा भोलि बिहीबार सम्म सञ्चालन हुने कार्यक्रममा प्रशिक्षक शिव पुरी र अजय शर्माले प्रशिक्षण दिएका छन् ।