Rato Samachar
Wed, 16 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
प्रदेश समाचार स्वास्थ्य

प्रदेश नं १ मा दुध उत्पादनमा वृद्धि

प्रदेश नं १ मा आर्थिक वर्ष २०७८÷७९ मा कूल पाँच लाख २५ हजार एक सय ५५ मेट्रिक टन दुग्ध उत्पादन भएको छ । पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका अनुसार सो अवधिमा मासु आठ लाख ६६ हजार १९ मेट्रिकटन, अण्डा १४ करोड १९ लाख ९३ हजार र ऊन ४० हजार ८७९ किलो उत्पादन भएको हो । अघिल्लो वर्षको तुलनामा गएको वर्षमा दुग्ध ११ हजार छ सय २३ मेट्रिकटन, मासु एक हजार छ सय ४२ मेट्रिक टन, अण्डा ४९ लाख नौ हजार र ऊन चार सय सात किलो बढी उत्पादन भएको हो । प्रदेशभरिमा गाईगोरुको सङ्ख्या २० लाख ९९ हजार चार सय ९७, भैँसी–राँगो आठ लाख ८५ हजार आठ सय ३९, बाख्रा २८ लाख सात हजार पाँच सय ८८, बङ्गुर छ लाख ९४ हजार आठ सय ४५, कुखुरा ८९ लाख ४१ हजार छ सय ७७, भेडा ५९ हजार दुई सय ३१ र याक–नाक १८ हजार १० रहेको बताइएको छ । प्रदेशमा हालसम्ममा १० हजार सात सय ७५ पोखरीअन्तर्गत एक हजार नौ सय ६२ दशमलव ३६ हेक्टर जलाशय क्षेत्रबाट कूल नौ हजार आठ सय २० मेट्रिकटन माछा उत्पादन भएको छ । आर्थिक वर्ष २०७७÷७८ भन्दा गएको आर्थिक वर्षमा पोखरीको सङ्ख्या र जलाशय क्षेत्र पनि बढेको छ । अघिल्लो आर्थिक वर्षमा नौ हजार एक सय ६० मेट्रिकटन माछा उत्पादन भएको निर्देशनालयका निर्देशक पशुपति ढुङ्गानाले जानकारी दिनुभयो । यसैगरी ट्राउट माछातर्फ आर्थिक वर्ष २०७७÷७८ मा रेसवे सङ्ख्या एक सय ८१ बाट गएको वर्षमा तीन सय ६२ पुगेको जलाशय क्षेत्र तीन हजार छ सय ११ हेक्टरबाट छ हजार आठ सय ५० पुगेको वर्षमा ३८ मेट्रिकटन ट्राउट माछा उत्पादन भएको बताइएको छ । प्रदेश सरकारको रु ११ करोड ४९ लाख ६१ हजार, प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना(सङ्घ सशर्त अनुदान) को रु चार करोड ९२ लाख ५० हजार, पशुसेवा(सङ्घ सशर्त अनुदान) को रु ६८ लाख आठ सय ५० र कृषि विकास रणनीति अनुगमन तथा समन्वय कार्यक्रम(सङ्घ सशर्त अनुदान) को रु सात लाख ३३ हजार बजेट रहेको जनाइएको छ । –––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

सीतादेवी स्मृति फुटबल प्रतियोगिता, भोलि हेटौंडा फुटबल एकेडेमीले सिक्किम पुलिसको सामना गर्दै

लोकप्रिय



भर्खरै

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

किङ्ग कोब्रा समात्दा पश्चिम बंगालका ७४ वर्षीय वृद्ध टोकाइमा परेपछि…

राजेश गरिब

नेपाली चलचित्र ‘बेहुली’ शुक्रबारदेखि प्रदर्शनमा

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology