यही बैसाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि बिभिन्न राजनीतिक दलहरूले चुनाव केन्द्रित कार्यक्रमलाई तीव्रता दिदै गईरहेका छन् ।
राजनितिमा रहेका व्यक्तीहरुले पदका लागिपनि आफ्ना योजना सुनाउदै उम्मेदवारका लागि आफूनै योग्य भएको भन्दै पदको दावी समेत गरिरहेका छन् ।
पार्टीको तर्फबाट पनि उम्मेदवारको नाम सिफरिस समेत गरिरहेका छन् ।
यसैविच स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिका ९नम्बर वडाका लागि नेकपा माओबादी केन्द्रको बाट वडाध्यक्षका लागि ४ जना आकांक्षी देखिएका हुन् ।
आइतबार पार्टी वडा कमिटीको अध्यक्ष बलराम मिश्रको अध्यक्षतामा बसेको बैठकमा ९नम्बर वडाध्यक्षकालागि प्रकाश पौडेल, ज्ञानेन्द्र लामिछाने, गौतम केसी र दीपेन्द्र पौडेलको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।

वडा सदस्यमा खुलातर्फ २ जना उम्मेदवार हुनुपर्नेमा ४ जना आकांक्षी देखिएका छन् भने खुलातर्फ वडा सदस्यमा रामचन्द्र नेपाल, बलराम मिश्र, विष्णु राना र जीवन शर्माको नाम सिफारिस गर्ने निर्णय कमिटीले गरेको छ ।
१जना महिला वडा सदस्यका लागि दुईजनाको नाम सिफारिस गरिएको छ भने महिलातर्फ कमला पौडेल र मञ्जु देवकोटाको नाम सिफारिस गर्ने निर्णय कमिटीले गरेको हो ।
यस्तै दलित महिलातर्फ भने कमला मिजारको नाम सर्वसम्मत सिफारिस गरिएको छ ।


















प्रतिक्रिया दिनुहोस्