राजेश गरिब-  नेपाली फिल्म  त्रिकोणात्मक प्रेम कथामा  बनेको ‘मायावी’ फागुन १४ गते महाशिवरात्री देखि ‘रेशम फिलिली’ को सिक्कोयल ‘फेरि रेशम फिलिली’ ‘मायावी’ र ‘लाज शरणम्’ को भिडन्त भएको छ । ३ वटै चलचित्रले दर्शकको प्रसंसा पाएको छ ।

……………………………………………………………………………………………………

हेटौंडामा हेर्न चाहनेहरुका  NS cinemas, Narayani Mall Hetauda -4

लागि थप जानकारी लिन   057-520949

………………………………………………………………………………………………….

‘मायावी’ 

प्रेम पाउने भन्दा पनि पीडा पाएर त्याग्नेको अनि खुशी हुने पात्रको कथामा बनेको मायावी हेरेपछि …..

चर्चित अभिनेता पल शाहको अभिनय रहेको ‘मायावी’  प्रेमलाई विभिन्न कोणबाट हेर्ने गरिएसंगै प्रेमको कथामा फरक ढंगले बनेको फिल्म  भन्दा फरक पर्दैन।

दिवाकर भट्टराई निर्देशक हुन् भने ‘मायावी’ मा अभिनेता पल संगै दीपिका प्रसाई, समीम खान मुख्य भूमिकामा छन्।

प्रेममा अवस्था परिस्थिति जे जस्तो भएतापनि मात्र प्रेम हुन्छ अनि त्याग हुन्छ भन्ने ढगबाट देखाइएको छ ।

फिल्ममा नायक सुशील सिटौला र नायिका करिश्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, सुशील सिटौला, करिश्मा श्रेष्ठ, नव- नायक समिम खान, राजाराम पौडेल, लक्ष्मी गिरी, रवि डंगोल लगायतको अभिनय रहेको छ ।
पोखरा, जोमसोमको रमणीय दृष्य उतारिएकाले पनि चलचित्र सिंगारिएको मान्न सकिन्छ ।

प्रेमबाट दुनियाँ अलग रहन सक्दैन बाबु आमा, छोराछोरी, प्रेमी प्रेमिका जो कोहीको पनि त्याग, जुनुन हुन्छ र संसारमा प्रेम पाउने भन्दा पनि त्याग्नेका कारण सबै खुसी हुन सक्छन् भन्ने देखाउन खोजिएको हो ।

प्रेम प्राप्ति मात्र नभएर त्याग हो, र आफूले माया गरेको मानिस पाउनै पर्छ भन्ने हुँदैन मात्र खुसी दिन सक्नु पर्छ भन्ने देखाइएको छ । कथावस्तु, गीत संगीत, व्याकग्राउन्ड म्युजिक कलाकारहरुले गरेको अभिनयले ‘मायावी ’लाई उठाउने भरपुर कोशिस गरेको छ।

‘मेरो एउटा सपना छ, तिमीलाई यो संसारको सबै खुशी मिलोस् अनि मलाई तिमी ।’ यो संवाद गज्जब लाग्छ ।
दर्शकलाई उत्सुकता, भावुकता एकसाथ पैदा गर्नु‘मायावी’को सकारात्मक पक्ष हो ।

अभिनेता पलको अभिनयको हिसाबमा अघिल्लो समय भन्दा यसमा उत्कृष्ट नै छ ।
दीपिका प्रसाईको कमब्याक गरेकी छिन भने उनको अभिनयले दर्शकको मन छुन्छ ।

हेरेका दर्शकहरुले राम्रो भनिरहेका छन् ।

नव–नायक समीम खान, नायिका करिश्मा श्रेष्ठ, नायक सुशील सिटौलाको अभिनयले पनि मन छुन्छ ।

प्रेममा परिस्थितीलाई अंगाल्न सक्ने हुनुपर्छ भन्ने देखाइएको हो ।
कथावस्तु केही स्लो हुन खोजेपनि धैर्य गरेर हेर्नुपर्ने हुन्छ । हलबाट निस्कँदा दर्शक निराश भने हुनु पर्दैन ।

धु्रव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानीमा तयार भएको फिल्ममा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको डिओपी रहेको छ ।

प्रविन भट्टराई र करण सिंह कार्यकारी निर्माता, राजु पराजुली र सुमित वली स- निर्माता हुन् ।

क्रियटिभ सिने आर्ट्सका लागि नेम महर्जन पनि सिनेमाका लगानीकर्ता हुन् ।

सिनेमामा राजु विक्रम थापाको डीओपी, मिलन श्रेष्ठको सम्पादन, शम्भुजित बास्कोटा र एसडी योगीको संगीत, कविराज गहतराज र प्रविण सिंहले कोरियोग्राफी गरेका हुन् ।