![](https://ratosamachar.com/wp-content/uploads/2024/11/telvisa.jpg)
मंसिरको ७ गतेदेखि शुक्रबार देखि रिलिजमा आएको नेपाली फिल्म ‘तेल भिसा’ मा बाबु–आमा र सन्तानको कथा देखाइएको छ ।
नेपाली फिल्म ‘तेल भिसा’ मा नेपालीले विदेशमा भोग्ने अवस्थालाई निकै मर्म स्र्पसी तरिकाले बोलेको हो ।
विदेशिएर पढ्न वा काम गर्न गएका हुन् या सपनाहरु सजाएर आकांक्षा बोकेर युरोप, अमेरिका र अष्ट्रेलिया जस्ता नाम चलेका देशमा पुग्नेहरु सबै सफल हुन्छन् या सबै असफल हुन्छन् भन्ने त होइन । तर, पनि अधिकांसले समस्यानै भोगेका छन् भन्ने कथाले बुझाउछ । कथा लेखक, निर्माता समेत निर्देशक समेत रहेका शंकर घिमिरेले देखाउन खोजेको कुरामा भरपुर न्याय नै गरेका छन् । अनिल पाण्डे र शिवराज कार्कीको लगानी रहेको ‘तेल भिसा’ का कार्यकारी निर्माता प्रिन्स युवराज कार्की र श्रुती दाहाल हुन् ।
कथामा अमेरिका पुगेको छोरा, बाबु र आमाको पीडा श्रीमान् र श्रीमती बिचको सम्बन्ध विदेशी मुलुकको भाषा नबुझ्दा र विदेशी मुलुकको कानुन नबुझ्दा कसरी कानुनी झमेला पर्छ यो प्रष्ट पारेको छ ।
पैसा ऐस आराम हुन सक्ला तर कतै न कतै अभाव पनि निकै हुन्छ । न साथी भाई न आफन्त न समय यसको पिडा देखाएको फिल्म ‘तेल भिसा’ हो ।
यस फिल्मलाई दर्शहरुले राम्रो भनिरहेका छन् । ‘तेल भिसा’ मा सबै कलाकारहरुको निकै राम्रो अभिनय छ ।
चरित्रलाई भने जस्तै गरि न्याय गर्न सक्ने ससक्त अभिनेता विपिन कार्कीले गरेको अभिनय निकै प्रसंसा योग्य मान्न सकिन्छ ।
अझ भनौ विपिनको मुख्य भूमिका छ भने, छोरा अनि बुबाको दोहोरो भूमिकामा छन् । फिल्ममा निर्वाह गरेको चरित्र हेर्दा बुबा अनि छोरा हेर्दा लाग्दैन एकै विपिन हुन् ।
त्यो नै उनको अभिनयमा भएको प्रसंसा हो । विगतमा निकै राम्रो अभिय गर्ने अभिनेत्री पुजा चन्द पनि देखिएकी छिन् ।
अनि बिपिनको आमा अनि श्रीमतीको भूमिकामा छिन् भने बु्हारीको भूमिकामा वर्षा राउत छिन् ।
वर्षा राउतले छोरा बनेका विपिनको श्रीमती अनि पुजाको बुहारीको भूमिका निर्वाहा गरेकी हुन् ।
उनकोे अभिनय पनि उत्तिकै प्रसंसा योग्य छ । पुजा चन्द सासु बन्दै गर्दा झण्डै २० वर्षपछि तेल भिसामा अभिनय गरेकी हुन् ।
तर, पनि उनको अभिनय हेर्दा यति धेरै ग्याप रहे जस्तो बिल्कुलै लाग्दैन । सासु आमा र श्रीमती सबै बन्दै गर्दा विगतमा हेरेको अभिनय विर्सन सकिदैन ।
अमेरिकमै रहेको एक वकिलको भूमिकामा रिचा घिमिरे छिन् । उनको अभिनयको प्रस्तुती पनि निकै दमदार छ ।
करिब १० वर्षपछि रिचाले अभिनय गरेकी हुन् ।
फिल्मा अन्य कलाकारहरु बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारहरुको पनि अभिनय छ ।
…………………………………
हेटौडा – ४ नारायणी मलमा रहेको एनएस सिनेमा हलको शानदार पर्दामा हेर्न नारायणी मलको चौथो तल्ला
थप जानकारीका लागि
संपर्क नम्बर ०५७-५२०९४९
…………………………………….
प्रतिक्रिया दिनुहोस्