नयाँ वर्ष २०८१ को अवसर पारेर शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘डिग्री माइलाले दर्शक पाएको छ ।

देशकै ठूलो मल्टीप्लेक्स चेन क्यू एफ एक्स सहित काठमाडौंका लगायत बिभिन्न स्थानमा शनिबार अधिकांश शोज हाउसफुल भइरहेका छन् । पहिलो दिन शुक्रबार देशभर २ सय बढी शोजमा दर्शक पाएको छ भने । शनिबार नयाँ वर्षको सुरुवात भएसंगै चलचित्र हेर्नका लागि अग्रिम बुकिङ भएको हो । अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्मा जोडीको रुपमा छन् ।

साथमा प्रकाश घिमिरे, माओत्से गुरुङ, विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, हिउँवाला गौतम, सोमनाथ खनाल, पशुपति राई, लोकेन्द्र लेखक लगायतका कलाकारको दमदार अभिनय रहेको छ ।

बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुष्मा फिल्मसँग मिलेर निर्माण गरेको फिल्ममा विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार र सुष्मा गुरुङले लगानी क्रिस लामा कार्यकारी निर्माता निमेष श्रेष्ठको सम्पादन, शिवराम श्रेष्ठ र राइली एस सिनको छायांँकन रहेको छ ।
शुक्रबार देखि नै हेटौंडा ४ नारायणी मलमा रहेको एनएस सिनेमा हलमा पनि ‘डिग्री माइला प्रर्दशन भइरहेको छ ।
एक शिक्षित माइला पात्रको कथा रहेको र आफूप्रति अहंकार र घमण्डले गर्दा पर्ने समस्या र बिकृतिलाई देखाइएको दर्शकहरुले बताएका छन् ।

…………………

‘महाजात्रा’

त्यस्तैगरि प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको वरिष्ठ अभिनेता हरिवंश आचार्यको अभिनित महाजात्रा’ ले पनि दर्शक पाइरहेको छ ।
जात्रा’, ‘जात्रै जात्रा’ को अपार सफलता पछि बनेको ‘महाजात्रा’ 2080 चेत्र ९ गते शुक्रबार देखि प्रदर्शनमा आएपछि दर्शकहरुको अपार माया पाएका कारण तेस्रो सातामा पनि प्रर्दशन भइरहेको हो ।

पैसा लुकाउन रचेको रणनीति अनि केही लोभमा परेर युवाहरुले भोग्नुपरेको कष्ट अनि नेताहरु गलत बाटोमा गएको देखाइएको र सचेत गराउने विषयलाई केन्द्रित गरेकोचलचित्र रहेको भन्दै तेस्रो श्रृंखलाको ‘महाजात्रा’ लाई अघिल्ला चलचित्रलाई भन्दा अधिक दर्शकहरुले साथ दिएका हुन् ।

महाजात्रा’ मा आचार्यसंगै लोकप्रिय कलाकार विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की लगायतको समेत निकै तरिफ गरेका छन् ।

म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको निर्माण, जित बहादुर रुवाली एसोसियट निर्देशक रहेका छन् ।
पुरुषोत्तम प्रधानको छायांकान, कुमार महर्जनको द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशन, आशिष अविरल र काली प्रसाद बाँस्कोटाको सङ्गीत रहेको छ।

 

हेटौंडा – ४ नारायणी मलमा रहेको एनएस सिनेमा हलमा शानदार पर्दमा हेर्न संपर्क नम्बर 057-520949 मा अग्रिम टिकट बुकिङ्ग समेत गर्न सकिने संयोजक किशोर राज पौडेलले बताएका छन् ।

 

राजेश गरिब
थप जानकारी