पृथ्वीमा जन्मिएका हरेक प्राणी पशु, पञ्छी, वृक्ष हुन या चेतनशिल मानिएका मानिस सबैमा अ आफ्नै गुण, कला र क्षमता भएको हुन्छ ।

यसै विच पृथिवीमा पाइने एउटा जिव सर्पको पनि हो भने सर्पको पनि आफ्नै जिवन र जिवन यात्राको कला छ ।

सामान्यतया सर्प भन्ने बित्तिकै र देखेपछि मानिसहरु तर्सित हुने गर्छन् तर देखिने सबै सर्प विषालु हुँदैनन् ।

यसको जानकारी र चेतना सबैमा नरहेको अवस्था पनि छ ।

सर्पले मानिसहरुलाई देख्यो सर्पले केहीपनि गर्दैन तर, यदि मानवले सर्पलाई भने सर्प मरेको हुनुपर्ने भएरहेको अवस्था पनि छ ।

कुनैपनि सर्पले कसैलाई खोजेर टोक्ने गर्दैन ।

आफूलाई खतरा महसुस भएमा मात्र आक्रमणको प्रयास गर्ने टोक्ने गर्छन् भन्ने तर्क सर्प बिशेषज्ञहरुले दिइरहेका छन् ।

केही स्थानमा सर्प मार्ने केहीले समात्ने अनि धार्मिक तर्फ जोडेर नाग नगिनको नाम दिएर बिभिन्न क्रियाकलाप गर्ने सर्प देखाएर कमाइको धन्दा समेत गरिरहेका छन् ।

सफेरा बनेर होस या पुजारी बनेर बिभिन्न तर्क दिने दुध खुवाउने जस्ता कार्य गरेर सर्पलाइ आफ्नो बासस्थानमा जानै नदिने जस्ता कार्य गरेर मानवले नै सर्पको अधिकार खोसिरहेका छन् ।

यसै सन्दर्भमा कुरा गरिरहदा मकवानपुरको पूर्वी भेगमा पर्ने बागमती गाउँपालिका स्थित लामिटारमा कारिब १ महिनादेखि भेटिएको एक सर्पलाई सेती नागको नाममा संजिता सिंतान बुद्धिमाया नामले चिनिने महिलाले सर्पलाई कव्जामा लिएकी छिन् ।

सानो मन्दिर समेत रहेको स्थानमा सर्पलाई ति महिलाले खेलाउने घुमाउने गर्छिन् भने चारैतिर डोरी टाँगेर दर्शन गर्ने क्षेत्र समेत तोकिएको छ ।

मन्दिर भित्र शिव लिंग र त्यसको वरीपरी सर्प घुम्ने गरेको र माताले नै कामेर बोल्ने अनि सो सर्प सेती नाग भएको स्थानीयकको तर्क छ ।

अचम्मको नाग आएको भन्दै स्थानीयहरु आउने र पैसा चढाउने सर्पलाई दुध समेत खुवाउने गरेका छन् ।

मानव र सर्पबीचको द्वन्द्व न्यूनीकरण गर्न नेपालमा ‘सर्प बचाऔँ, प्रकृति जोगाऔँ’ अभियानसहित जुलाई १६ मा विश्व सर्प दिवस मनाउन थालिएपनि धर्मको नाममा सर्पलाई मार्ने र कव्जामा लिएर खेलाउने चलाउने गरिरहेका छन् ।

मानिस र सर्प दुबैलाई हानी गर्छ नै भन्ने बुझ्न सर्पको टोकाइ र सर्प संरक्षण सम्बन्धी ध्यान दिन भने कसैले खासै सकेका छैनन्।

यसै विषयमा सर्प अनुसंधान कर्ता/उद्दारकर्ता चितवन जिल्लाको भरतपुर महानगरका सुनिल सापकोटाले सो  तामे टाउके सिँगारे सर्प  ( Copper Headed Trinket Snake ) रहेको र सो सर्प  विषालु नभएको बताएका छन् ।

सो सर्प तातो र चिसो मध्य बिन्दु भएकाले निस्किएको र भिडियोमा देखिए अनुसार रोगी हुन सक्ने अनुमान रहेकाले सर्पसंग खेल्नु जोखि हुन सक्ने बताए ।

आहाराको रुपमा विशेषत मुसा खाने सर्प रहेको र सर्पलाई दुध अतिनै हानिकारक भएको बताए ।

सो सर्प बिषलु नभएपनि बाराम्बार समाती राख्दा मानिसमा खतरा नहोला भन्न नसिकीने र कुनै रोगको सिकार हुन सक्ने अधिक सम्भावाना भएकाले सर्पलाई उद्धार गरेर छाड्नुनै बुद्धिमानी हुने बताए ।

सर्पलाई उसको अनुरूप जान नदिएर कव्जामा लिनु एकदमै गलत भएको र नाग भनेर उसैलाई दुख दिएको तर्क दिएका छन् । कुनैपनि जिव जन्तु पाल्न र राख्नका लागि कानुनी रुपमा पनि प्रक्रिया पुरा गर्नुपर्ने भएकाले धर्मको नाममा राख्न नपाइने बताएका हुन् ।

सर्प विशेषज्ञका अनुसार विश्वभर कारिब ३ हजार ५ सयभन्दा बढी प्रजातिका सर्प पाइन्छन् । जसमध्ये ६ सय प्रजातिका सर्प मात्र विषालु हुन्छन् ।नेपालमा विशेषज्ञहरुकै खोजमा भेटिएको र जनाए अनुसार झन्डै ७९ देखि ८२ प्रजातिका सर्प पाइन्छन् भन्ने देखिएको छ ।

जसमध्ये अहिलेसम्म चिकित्सकीय महत्वका हिसाबले करिब १८ प्रजातिका विषालु सर्प पत्ता लागेको छ । नेपालमा तराईदेखि हिमालसम्म सर्प पाइन्छन् ।

नेपालमा पनि विशेष गरि तराइ भेगमा अत्याधिक सर्पहरु भेटिने गरेको छ भने जति उचाइमा गयो सर्पहरुको संख्या घट्ने गरेको छ । सर्प विशेषज्ञका अनुसारै खतरनाक भन्दा खतरनाक सर्पले टोक्नसाथ विषको मात्रा शरीरमा पठाउन सके मृत्यु हुन्छ भने १०/ १२ प्रतिशत विषालु भए पनि टोक्नासाथ मृत्यु हुँदैन ।

उपचार पद्धती गलत भएमा या समयमा उपचार नपाएर मृत्यु हुन्छ ।

राजेश गरिब
थप जानकारी