प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा वरिष्ठ अभिनेता हरिवंश आचार्यको अभिनय रहेको नेपाली चलचित्र महाजात्रा’ चैत ९ गते शुक्रबार देखि प्रदर्शन भएको छ ।

जात्रा’, ‘जात्रै जात्रा’ को अपार सफलता पछि बनेको र वरिष्ठ अभिनेता हरिवंश आचार्यको अभिनिय रहेको ‘महाजात्रा’ मा दिनहू दर्शकको चाम बढेको छ ।

चलचित्रमा पैसा लुकाउन रचेको रणनीति अनि केही लोभमा परेर युवाहरुले भोग्नुपरेको कष्ट अनि नेताहरु गलत बाटोमा गएको र पैसा र शक्तिले युवाहरुलाई पारेको नकारत्मक असरलाई देखाइएको छ।

बलिउड र बिदेशी चलत्रिले मात्र अत्याधिक दर्शक पाइरहेको अवस्थामा महाजात्रा’ हेर्न सिनेमाहलमा दर्शक पुगि रहेका छन्

भने तेस्रो श्रृंखलाको ‘महाजात्रा’ मा पनि अघिल्ला चलचित्रलाई जस्तै दर्शकहरुले साथ दिने पक्का मान्न सकिन्छ ।

दर्शकहरुले निकै रुचाएका छन् भने युवा वर्गमा पर्ने असर अनि नेतालाई सचेत गराउने विषयलाई केन्द्रित गरेको र रमाइलो चलचित्र रहेको भन्दै तारिफ गरेका छन् ।

शुक्रबार देखि नै हेटौंडामा ४ नारायणी मलमा रहेको एनएस सिनेमा हलमा पनि महाजात्रा प्रर्दशन भइरहेको छ ।

महाजात्रा’ मा आचार्यसंगै लोकप्रिय कलाकार विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की लगायतको समेत निकै तरिफ गरेका छन् ।

शनिबार पनि निकै दर्शहरुले महाजात्रा हेरेका छन् भने हेरेर निस्कदै गर्दा कलाकारहरले गरेकको अभिनय निकै तारिफ योग्य भएको बताउदै निकै खुसी भएका छन् ।

देशको राननीतिको अवस्था, गलत नेतकाका कारण परेको बिभिन्न समस्या, कालो धनको असरलाइ चलचित्रमा देखाइएको बताएका हुन् ।

म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको निर्माण, जित बहादुर रुवाली एसोसियट निर्देशक रहेका छन् ।

पुरुषोत्तम प्रधानको छायांकान, कुमार महर्जनको द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशन, आशिष अविरल र काली प्रसाद बाँस्कोटाको सङ्गीत रहेको छ।

 

राजेश गरिब
थप जानकारी