‘प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा वरिष्ठ अभिनेता हरिवंश आचार्यको अभिनित ‘महाजात्रा’ चैत ९ गते शुक्रबारदेखि प्रदर्शन भएको छ ।

नेपाली चलचित्रजात्रा’, ‘जात्रै जात्रा’ को अपार सफलतापछि महाजात्रा’ को टिजर देखि ट्रेलर समेत सार्वजनिक भइसकेपछि निकै चर्चाको विषय बनेको हो ।

तेस्रो श्रृंखलाको ‘महाजात्रा’ मा पनि अघिल्ला चलचित्रलाई जस्तै दर्शकहरुको साथ पाइने विश्वास रहेको निर्माण पक्षको भनाइ छ।

युवा वर्गमा पर्ने असर अनि सचेत हुनुपर्छ भन्ने विषयलाई केन्द्रित गरेको चलचित्रले दर्शक पाउने विश्वास समेत गर्न सकिन्छ ।

पैसा लुकाउन रचेको रणनीति अनि केही लोभमा परेर भोग्नुपरेको कष्ट अनि पैसा र शक्तिले युवाहरुलाई पारेको नकारत्मक असरलाई देखाइएको छ।
बागमती प्रदेशको रानधानी हेटौंडामा ४ नारायणी मलमा रहेको एनएस सिनेमा हलमा पनि महाजात्रा’ प्रर्दशन भएको छ ।

शुक्रबार प्रर्दशन भएसंगै चलचित्रले दर्शक पाउने अनुमान गर्न सहिन्छ ।

हेरेर निस्कने दर्शकहरुले चलचित्र निकै राम्रो बनेको भन्दै खुसी भएका छन् ।

महाजात्रा’ मा आचार्यसंगै लोकप्रिय कलाकार विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की लगायतको समेत निकै तरिफ गरेका छन् ।

महाजात्रा हेरेर निस्कदै गर्दा कथा, पटकथा अनि संवाद देखि कलाकारहरले गरेकको अभिनय निकै तारिफ योग्य भएको बताए ।

देशको राननीतिको अवस्था, गलत नेतकाका कारण परेको बिभिन्न समस्या, कालो धनको असरलाइ चलचित्रमा देखाइएको बताएका छन् ।

महापुरुषमा अभिनयले सबैको मन छोएका कलाकार हरिवंश आचार्यले यसमा गरेको फरक भ्रमिकाको पनि निकै तारिफ गरेका छन् ।
यस्तो चलचित्र बल्ल बल्ल बन्ने भएकाले लामो समयपछि चित्त बुझ्दो चलचित्र बनेको र हेर्न पाइएको बताएका हुन् ।

सोही चलचित्रलाई मकवानपुरे सञ्चारकर्मीहरुले समेत हेरेका छन् ।

करिब २ घण्टा ५० मिनेटको चलत्रिहेरेर निस्कदा खर्च भएको पैसामा कुनै दुख नलाग्ने चलचित्र बनेको मकवानपुरे सञ्चारकर्मी सुनिता विष्ट बताउछिन्।
गलत बाटोमा जाँदा पर्ने समस्या अनि लोभ, शक्ति, अनि अन्यलाई प्रयोग गर्दा सहज नहुने भएकाले गलत बाटोबाट हटेर सच्चिनुपर्ने कथाले देखाएको बताएकी हुन ।

म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको निर्माण, जित बहादुर रुवाली एसोसियट निर्देशक रहेका छन् । पुरुषोत्तम प्रधानको छायांकान, कुमार महर्जनको द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशन, आशिष अविरल र काली प्रसाद बाँस्कोटाको सङ्गीत रहेको छ।

हेटौंडा -४ नारायणी मलमा रहेको एनएस सिनेमा हलमा शानदार पर्दमा महाजात्रा हेर्नका  लागि अग्रिम टिकट बुकिङ्ग समेत गर्न सकिने हल संयोजक किशोर राज पौडेलले पौडेलले बताएका छन्

 

 

 

 

 

 

 

 

‘जात्रा’, ‘जात्रै जात्रा’ पछि वरिष्ठ अभिनेता हरिवंश आचार्यको अभिनय रहेको ‘महाजात्रा’ चैत्र ९ गतेदेखि प्रर्दशन हुने भएको हो ।

राजेश गरिब
थप जानकारी