वरिष्ठ अभिनेता हरिवंश आचार्यको अभिनय रहेको नेपाली चलचित्र ‘महाजात्रा’ चैत ९ गते प्रदर्शन हुने भएको छ ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको ‘जात्रा’, ‘जात्रै जात्रा’ पछि वरिष्ठ अभिनेता हरिवंश आचार्यको अभिनय रहेको ‘महाजात्रा’चैत्र ९ गतेदेखि प्रर्दशन हुने भएको हो ।

चलचित्र महापुरुष मा एकल पुरुषको भूमिकामा देखिएर दर्शकको मन छोएका अभिनेता आचार्य यसपटक केही फरक भूमिकामा देखिएका छन् ।

देशको अवस्था र परिस्थितिलाई कथामा उतारेर महाजात्रा बनेको अभिनेता हरिवंश आचार्यले बताएका छन् ।

रातो समाचरसंगको कुराकानीमा आचार्य भन्छन्  ” देशको राननीति अवस्था र नेताहरु सच्चिनुपर्छ भन्ने सन्देश दिने चलत्रि हो, चलचित्र हेरेर निस्कने दर्शकहरु हाँसेर हलबाट निस्कनुहुन्छ।”
चलचित्र हेरेर साथ दिन र हेरेपछि जस्तो लाग्छ सोही अनुसार प्रतिक्रिया दिन आग्रह समेत गरेका छन् ।

देशकै ठूलो मल्टीप्लेक्स चेन क्यू एफ एक्ससहित प्रायःमा फिल्मले उच्च शोज समेत पाएको छ।

…………………………………………………………………………………………………………………………………………………………………..

यसै चलचित्र ‘महाजात्रा’  या कुनैपनि चलचित्र  हेटौंडा – ४ नारायणी मलमा रहेको एनएस सिनेमा हलमा  शानदार पर्दमा हेर्न  संपर्क नम्बर 057-520949 मा अग्रिम टिकट बुकिङ्ग समेत गर्न सकिने संयोजक किशोर राज पौडेलले बताएका छन् ।

…………………………………………………………………………………………………………………………………………………………………..

मंगलबार काठमाडौँ सुन्धारा स्थित सिभिल मलमा ५ सयभन्दा बढी अतिथिको उपस्थिति गरिएको ‘महाजात्रा’ प्रिमियरमा  उच्च तारिफ पाएको छ ।

वरिष्ठ हाँस्य अभिनेता मदनकृष्ण श्रेष्ठ, अभिनेत्री दीपाश्री निरौला अभिनेत्री निशा अधिकारीले गायक प्रकाश सपूत, अभिनेत्री केकी अधिकारी, अभिनेत्री ऋचा शर्मा लगायतले फिल्म राम्रो र रमाइलो भन्दै खुलेर तारिफ गरेका छन् ।

तेस्रो श्रृंखला ‘महाजात्रा’  ले यस वर्षकै उच्च कमाई गर्ने निर्माण पक्षको दावी छ ।

कलाकार हरिवंश आचार्यले यसअघि चलचित्र महापुरुषमा निकै गज्जब अभिनयले सबैको मन छोएकाले पनि केन्द्र बिन्दु बनेका छन् ।

‘महाजात्रा’ मा आचार्यसंगै लोकप्रिय कलाकार विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय छ।

म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको निर्माण, जित बहादुर रुवाली एसोसियट निर्देशक रहेका छन् । पुरुषोत्तम प्रधानको छायांकान, कुमार महर्जनको द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशन, आशिष अविरल र काली प्रसाद बाँस्कोटाको सङ्गीत रहेको छ ।