वरिष्ठ अभिनेता हरिवंश आचार्यको अभिनय रहेको नेपाली चलचित्र ‘महाजात्रा’ चैत ९ गते प्रदर्शन हुने भएको छ ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको ‘जात्रा’, ‘जात्रै जात्रा’ पछि वरिष्ठ अभिनेता हरिवंश आचार्यको अभिनय रहेको ‘महाजात्रा’ चैत्र ९ गतेदेखि प्रर्दशन हुने भएको हो ।

 

…………………………………………………………………………………………………………………………………………………………………..

यसै चलचित्र ‘महाजात्रा’  या कुनैपनि चलचित्र  हेटौंडा – ४ नारायणी मलमा रहेको एनएस सिनेमा हलमा  शानदार पर्दमा हेर्न  संपर्क नम्बर 057-520949 मा अग्रिम टिकट बुकिङ्ग समेत गर्न सकिने संयोजक किशोर राज पौडेलले बताएका छन् ।

…………………………………………………………………………………………………………………………………………………………………..

‘महाजात्रा’ को ट्रेलर समेत सार्वजनिक भइसकेपछि चर्चाको विषय बनेको छ।

ट्रेलरमा देखिए अनुसार पैसा लुकाउन गरिएको संघर्ष अनि पैसा र शक्तिले युवाहरुलाई पारेको नकारत्मक असरलाई देखाउन खोजेको अनुमान गर्न सकिन्छ ।

किन बन्यो, सिनेमाको सिक्वेलमा भन्ने विषयमा थप अनुमान लगाउने हो भने युवा वर्गमा पर्ने असर अनि सचेत हुनुपर्छ भन्ने विषयलाई केन्द्रित गरेको हो भन्न सकिन्छ ।

चर्चित फिल्म ‘जात्रा’को तेस्रो श्रृंखला ‘महाजात्रा’ ले अघिल्ला चलचित्रलाई जस्तै दर्शकहरुको साथ पाइने विश्वास रहेको निर्माण पक्षको भनाइ छ ।

‘चलचित्रका मुख्य गहना चलचित्रका पात्रहरु हुन्छन् । कलाकार हरिवंश आचार्यले यसअघि चलचित्र महापुरुषमा निकै गज्जब अभिनयले सबैको मन छोएकाले पनि केन्द्र बिन्दु बनेका छन् ।

‘महाजात्रा’ मा आचार्यसंगै लोकप्रिय कलाकार विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय छ।

म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको निर्माण, जित बहादुर रुवाली एसोसियट निर्देशक रहेका छन् । पुरुषोत्तम प्रधानको छायांकान, कुमार महर्जनको द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशन, आशिष अविरल र काली प्रसाद बाँस्कोटाको सङ्गीत रहेको छ ।

……………………..

 

राजेश गरिब
थप जानकारी