शुक्रबारबाट प्रर्दशनको तयारीमा रहेकोे नेपाली फिल्म ‘अगस्त्य च्याप्टर १’ केन्द्रीय चलचित्र जाँच समिति(सेन्सर बोर्ड) बाट ‘पीजी’ सर्टिफिकेट प्राप्त गरेको छ।

सैगात मल्लको अभिनय रहेको सोही फिल्म फागुन १८ गते शुक्रबार देखि देशैभर प्रर्दशन हुने भएको छ ।

सौरभ चौधरी निर्देशित फिल्मलाई १६ वर्ष भन्दा कम उमेरका दर्शकले हेर्न जाँदा अभिभावक अनिवार्य रुपमा लैजानुपर्ने भनिएको फिल्मको बुधबार सेन्सर भएको थियो ।

फिल्मको ट्रेलर र टिजर हेर्दा अभिनेता सौगात मल्ललाई मानसिक अवस्थामा खलल पुगेको देखिन्छ ।

सिनेमाटिक रहेको र अहिलेसम्म समाजमा नबोलिएका कथा फिल्ममा पाइने र मल्लको अभिनय ’अगस्त्य च्याप्टर १’ फरक किसिमको भएको बताइएको छ।

निर्देशक चौधरी स्वयंको लेखन, निमेष श्रेष्ठको सम्पादन रहेको फिल्मको टिजर र ट्रेलरबाट उच्चस्थान बनाएको र फिल्मलाई देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले उपत्यकाभित्र शो दिएको छ ।

जीवनमा देखेका दुई घटनालाई कथामा उतारिएको निर्देशक चौधरीले बताए का छन् ।

लकडाउनको समयमा देखिएको र लकडाउन अघिको घटना समेटेर स्क्रिप्टको कन्सेप्ट आएपछि अहिलेसम्म समाजमा नभनिएका कथा फिल्ममा रहेको बताएका हुन् । फिल्मले दर्शकहरुको साथ पाउने विश्वास रहेको बताएका ।

सञ्जय लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र एसडी योगीको संगीतमा बनेको फिल्मको ट्रेलरमा देखिए अनुसार सौगात मल्लको अभिनय आज सम्ममा एकदमै फरक र दमदार रहेको आकलन गरिएको छ ।

सौगातसंगै नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, निश्चल बस्नेत, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्र लगायत कलाकारहरुको अभिनय छ ।

फिल्म  हेटौंडा ४ नारायणी मलमा रहेको एनएस सिनेमा हलमा पनि हेर्न पाइने छ ।

एनएस सिनेमा हलमा  टिकट लिनको लागि  चौथो तल्लामा रहेको काउन्टरमा जानसक्नु हुने छ ।

हलको संपर्क नम्बर ०५७-५२०९४९ मा अग्रिम बुकिङ्ग गर्न सकिने एनएस सिनेमा हलका संयोजक किशोर राज पौडेलले बताए ।