हेटौंडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले नेपाली चलचित्र जगत रहेमा हाम्रो संस्कृति, परम्पार र पहिचान रहने बताएकी छिन् ।
चलचित्र पत्रकार संघ नेपाल द्धारा हेटौंडामा आइतबार सुरु भएको आयोजित प्रथम राष्ट्रिय भेलालाई संबोधन गर्दै यस्तो बताएकी हुन् ।

संस्था स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा चलचित्र पत्रकार संघ नेपाल केन्द्रीय समितिले आयोजना गरेको भेलामा बोल्दै चलचित्र क्षेत्र व्यक्तीसंग मात्र जोडिएको नभएर पचिान सं पनि जोडिएको बताउदै चलचित्र निर्माता, कलाकार र चलचित्र बिकास गर्नेलाई संरक्षणगर्नुपर्ने सरकारको कर्तव्य रहेको बताइन् ।