नेपाल चलचित्र विकाश बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्रनै रहेन भने सो क्षेत्रसंग जोडिएका हरेक कार्यमा समस्य पर्ने बताएका छन् ।
हेटौँडामा आइतबार सुरु भएको चलचित्र पत्रकार संघ नेपालद्धारा आयोजित प्रथम राष्ट्रिय भेलालाई संबोधन गर्दै यस्तो बताएका हुन् ।

संस्था स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा चलचित्र पत्रकार संघ नेपाल केन्द्रीय समितिले आयोजना गरेको भेलामा बोल्दै हामी कलाकार, निर्माता निर्देशकलाई विदेशी चलचित्रको अतिक्रमणबाट कसरी बचाउन भन्ने कुरामा सल्लाह सुझाव आवाश्यक रहेको अभिनेता तथा अध्यक्ष केसीले बताएका हुन् ।

नेपाली चलचित्र जुनी बाट सूरु गरेको र ४० दशक विगतको स्मरण गर्दै  केसीले भने  “अहिलेको अवस्थाका कारण नेपाली चलचित्र नै रहेन भने हामी कलाकार, निर्माता निर्देशक रहँदैनौ  । त्यसैले सबैले नेपाली चलचित्र क्षेत्रलाई विदेशी चलचित्रको अतिक्रमणबाट बचाएर कसरी द्रुत गतीमा अगाडी बढाउने भन्ने तर्फ वहश आवाश्यक छ ।”