” जनयुद्ध दिवस’को अवसर पारेर नेपाली चलचिका निर्माता, निर्देशक तथा अभिनेता नवल खड्काले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्र ‘काँडेतार’को ट्रेलर सार्वजनिक गरेका छन् ।”

नेपालको सीमा मिचेर भारतले मुलुकको राष्ट्रिय स्वाधिनतामा हस्तक्षेप गरेको कथावस्तुमा आधारित चलचित्र रहेको बताउदै ट्रेलर सार्वजनिक गरेका हुन् ।
उक्त चलचित्रलाई  नेपाल–भारतबीचको खुला सिमानाले निम्त्याएको विसंगतिलाई चित्रण गरिएको काँडेतार नेपालीले एकपट हेर्नै पर्ने खड्काले बताएका छन् ।

यसअघि आवाज, दशगजा र भीमदत्त जस्ता देशभक्ति कथावस्तुमा आधारित चलचित्र निमाृण गरेका खड्काले काँडेतार लगाएर सिमाना व्यवस्थित गर्नुपर्ने भन्दै कथामा उतारेका हुन् ।

देशभर च्यारिटी प्रदर्शन गरिएको चलचित्र फागुन २५ गते देखि प्रदर्शनको तयारीमा रहेको चलचित्रको ट्रेलर सार्वजनिक भएको हो ।

नेपाल–भारतबीचको खुला सिमानाले निम्त्याएको विसंगति तथा समस्यालाई चित्रण गरिएको भन्दै नेपाली चचित्र “काँडेतार” ल्याएपछि चलचित्रलाई सेन्सर बोर्डले सर्टिफिकेट नदिएर रोक लगायो ।

चलचित्रको टिजर सार्वजनिक गरिए लगत्तै राम्रौ चर्चा पाएसंगै सेन्सर बोर्डका सदस्यहरुले चलचित्र हेरेपछि भारतसितको सम्बन्धमा असर पर्ने भन्दै चलचित्र जाँच समितिले सो फिल्मलाई रोक लगाएको हो ।

गएको बैसाख १३ गते नै आएको समाचार अनुसार सार्वजनिक गरिएको शीर्ष गीतमा नेपाल भारत सीमामा काँडेतार लगाउनु पर्ने देखाइएको र चलचित्र हेरिसकेपछि बोर्डका पदाधिकारीले सो चलचित्रलाई सेन्सर प्रमाणपत्र दिन अस्वीकार गरेका हुन्।

निमार्णटोली यस विषयमा कुराकानी गर्न बिभिन्न स्थानमा पुगेका थिए भने गएको जेठ ४ सेन्सर पास भएको निमार्ण टोली पक्षबाट जानकारी आएको थियो ।

फिल्मका निर्माता, निर्देशक तथा अभिनेता समेत रहेका खड्काले सेन्सर बोर्डले फिल्ममा रहेको गृह मन्त्रालयको र भुटानको बिषयमा रहेको दुई दृष्य हटाएर सेन्सर पास गरेको जानकारी दिएका थिए ।

सेन्सर फुकवामा सहयोग गर्नेहरुमा हार्दिक आभार व्यक्त गरेका थिए ।

चलचित्र काँडेतार बिशेष च्यारिटी शो अभियानमा जुटेभने काँडेतार पुष २७ बिशेष च्यारिटी शो भएको थियो ।

बिशेष च्यारिटी शोमा “काँडेतार” हेर्नका लागि हेटौंडा उपमहानगरको मेयर प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितीका प्रमुख, प्रमुख प्रशासकिय देखि बिभिन्न राजनीतिज्ञ, सञ्चारकर्मीहरुले निकै उत्साहित हुँदै चलचित्रलाई हेरेका थिए ।
चलचित्र हेरपछि सबैबाट राम्रै प्रतिक्रिया आएको हो।

नेपाल–भारतबीचको खुला सिमाको कथामा “काँडेतार” 

नेपाली चलचित्र “काँडेतार” को कथा सुरु हुन्छ । नेपाल र भारतको सिमा अनि भारततर्फबाट नेपाल तर्फ रातारात सिमाको पिलर सारेको अवस्थामा रहेको दृष्यबाट ।

सिमा मिचिएपछि आफ्नो भूभागको रक्षामा नेपाली अघि बढेर पिलर भारत तर्फ सार्ने सहास गर्ने जोशमा नेपालीहरु अघि बढ्छन् ।

सोही समय भूभाग कव्जाको निम्ति पिलर सार्ने भारतियहरुको भयनक इण्ट्रि अनि नेपाली माथि प्रहार ।

दृष्यमा देखाइए अनुसार प्रतिकार गरेपनि भारतियहरु माथि जाइलागेको शक्ति केही फितलो हुन्छ ।

सोही क्रममा नेपाल र नेपालको माटोलाई माया गर्ने एक देशभक्त युवाको दमदार इण्ट्रि हुन्छ अनि ति भारतियहरुको शक्ति कमजोर हुन्छ ।
ति व्यक्ती को हुन् भन्ने त्यो बुझ्नका लागि चलचित्रमै छोडिदिएको छु ।

चलत्रिलाई प्रतिकार प्रस्तुत गर्नका लागि प्रविधयुक्त द्धन्दले सजाइएको छ ।

कलात्मक प्र्स्तुती भन्दा अधिक प्रबिधिको प्रयोग गरिएको भएता पनि द्धन्दमा कोर भने पक्कै लाग्दैन् ।

अधिका नेपालमा भारतिय मुलुकका चलचित्र र विशेषगरि साउथको चलचित्रको द्धन्द हेर्ने बानी बसेतापनि बजेटको हिसाब हेर्ने हो भने नेपाली चलचित्र काँडेतारको द्धन्दमा कमी भने पक्कै मान्न मिल्दैन ।

सोही प्रतिकारमा एक भारतियले आउने दिनमा बदला लिने संकेत गर्दै सो स्थानबाट फरार हुन्छन् ।

त्यस पछि चलचित्रमा केही रोचकता आउन खोज्छ। यसपछिलाई कथा चलचित्रमै छोडिदिए ।

देशको अवस्था अनि बेरोजगारीको मर्म, आयस्रोत कमाउन बाटो नभएको दुखेसोमा बाँच्नुभन्दा बैदेशिक रोजगारीमा जानुपर्ने युवाहरुको कुराकानी तर्फ कथा मोडिन्छ ।

युवाहरुको कुरामा देशका लागि बाँचिरहेका एक व्यक्तीले देशको कुरा गर्छन् । तर, युवाहरुलाई त्यस कुराले ध्यान केन्द्रित गर्दैन् ।
गरिब परिवारका नेपालीले खनजोत गरिरहेको केही जमिन पनि भारतियहरुले कब्जा गरिदिन्छन् ।

युवाहरु घुम्दै फिर्दै नेपाल र भारतिय सिमामा पुग्छन् ।
त्यसपछि भारतिय प्रहरी आइपुगेको दृश्य आउँछ अनि …..
एक व्यक्ती जसले देशको निम्ति अनि मिचिएको सिमाना बचाउन अघि बढ्छन् ।

ति युवा माथी केही बिद्रोहीले ति युवा माथि हमाल हुन्छ । तर, सामाना गरिरहन्छन् ।
उनले एक महत्वपुर्ण चिज गुमाउछन् । गर्दै देशप्रािको लगाब अनि उनको कदम रोकिदैन ।

उनको पिडा देखेपछि केही पडिा पाएका युवाहरु समेत समर्थन जनाउदै साथ दिन्छन् । ति को हुन्छन् ? युवाको के गुमेको हुन्छ अनि उनको युद्ध के हुन्छ ? भन्ने कथामै छोडिदिन्छु ।

यो बुझ्नका लागि फागुन ५गते एक पटक चलचित्र हेर्न मेरो पनि आग्रह ।

चलचित्रमा मुख्य भूमिकामा निर्देशक खड्काको साथमा गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरी, बाल कलाकारहरु नादिया खड्का, सनया खड्का लगायतको दमदार अभिनय रहेको छ ।

श्री श्रेष्ठको द्वन्द्व निर्देशन र कविराज गहतराजको कोरियोग्राफी मणि थापा र दीपक शर्माको संगीत र सौरभ लामाको छायाँकन रहेको छ ।
तारा थापा ‘किम्भे’ र बन्दे प्रसादको सम्पादन रहेको फिल्ममा नवलसँगै माकिको राई र अञ्जु केसी निर्माता हुन् भने कार्यकारी निर्माता नवलकी पत्नी गायिका सत्यकला राई हुन् ।