बागमती प्रदेशको राजधानी हेटौंडामा मकवानपुर जिल्ला खेलकुद विकास समिति र औद्योगिक शान्ति नेपाल संस्था काठमाडौंको संयुक्त आयोजनामा गएको पुष ५ गते देखि चलिरहेको वृहत् खेलकुद तथा व्यापार महोत्सवमा पौष १२ गते प्रथम अन्तर प्रदेश स्तरीय राष्ट्रिय उसु प्रतियोगिता सम्पन्न भयो ।

मकवानपुर उसु संघको आयोजनामा  मङ्गलवार र बुधवार गरिएको २ दिने प्रतियोगितामा धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी १८ वर्षीया नीता खड्काले स्वर्ण पदक हात पारेपछि निकै खुसी थिइन् ।

५२ किलो तौलमा प्रदेशको नाम उच्च राखेकी खड्का जितको उत्सव मनाउने सपना बुनेर आफ्रने भूमि तर्फ फर्कदै गर्द उनको सबै सपना उनिसंगै अचानक अस्ताएको छ ।

राष्ट्रिय उसु प्रतियोगितामा सुदूरपश्चिमले २२ स्वर्ण,२२ रजत र ३६ कांस्य गरी जम्मा ५२ पदकमा १४ स्वर्ण,२ रजत र ४ कांस्यका जम्मा २० पदक प्राप्त गर्न सफल भएपछि निकै खुसी थिइन् ।

प्रतियोगिता सम्पन्नपछि उनले खुसीहरु आफ्ना आफ्रन्त र परिवारसंग साटासाट गर्ने भन्द फर्कदा कपिलवस्तुको चन्द्रौटाबाट करिब १५ किमी पश्चिम स्थित चोरखोलामा राति एक बजे उनि सवार बसलाई ट्रकले ठक्कर दियो ।

ट्रकको ठक्करबाट दुर्घटना हुँदास्वर्ण पदक विजेता निता सधाको लागि अस्ताइन् ।

दुघृटनामा परेपछि तत्काल उनलाई उपचारका लागि बुटवल स्थित लुम्बिनी प्रदेश अस्पताल लगिएपनि उनलाई चिकित्सकले मृत घोषणा गरेपछि देशले कुसल खेलाडी गुमाउन परेको छ।

दुर्घटनामा खेलाडीहरू पुष्पा कुवर, सपना तामाङ,सृजना बिसी, मुकेश कार्की,अस्मिता गाहामगर, अभी महतो, हरिचन्द्र कार्की, दीपक चौधरी र ज्ञानु विक त्यस्तैगरि निर्णायकहरू खुसीराम चौधरी,राजीव गुप्ता र एलिसा खाती गरि ११ जना घाइते भएका छन् ।

हेटौंडामा रहेर खेल हेर्दै गर्दा खेलहेर्नहरुले समेत खेलको लगाव हेर्दा देशका लागि पनि उसुमा स्वर्ण जित्ने पक्का छ भन्दै आयोजक , निर्णयकहरुले बधाई तथा शुभकामना दिएका थिए ।
तर, उनको जिवन अस्ताएसंगै कुशल खेलाडी भने गुमेर सबै अपेक्षा मेटिएको छ ।