बागमती प्रदेशको राजधानी हेटौंडामा  अपाङगता भएका व्यक्तिको अधिकार सम्बन्धिका  अन्तरसम्बन्ध अभिमुखिकरण कार्यक्रम गरिएको छ ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशको समन्वयमा सामाजिक विकास मन्त्रालय द्धारा  शुक्रबार आयोजित कार्यक्रममा
विश्वभरका राष्ट्रिय सरकारहरू तथा लाखौँ नागरिकहरूका ल्याइएको नीति कार्यान्वयनको पक्षमा  गरिनु पर्ने बारे छलफल गरिएको हो ।

“दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता” भन्ने नाराका साथ बिभिन्न कार्यक्रमहरु  गरेपनि अपाङ्गता भएकाहरूको सवाल सहज सुनुवाइ नहुने गरेको सहभागीहरु व्ष्यक्त गरे ।

सहभागीले गुनासो पोख्दै   अपाङ्गता भएका महिला लक्षित यौन तथा प्रजनन् स्वास्थ्य र महिलामा पर्ने बिभिन्न घटना रोक्ने तर्फ अन्य कुनै महामारी तथा दीर्घकालिन रोग जस्ता विभिन्न कारणहरुले अपाङ्गता देखएकाहरुका लागि सरकार गम्भिर हुनु आवाश्यक रहेको सुनाए ।

कार्यान्वयनको पाटो कमजोर रहेर आफुहरुको भोगाई समस्या बारे सरकारको ध्यान जानु अति जरुरी रहेको उल्लेख गरे ।

अभिमुखिकरण कार्यक्रम सहभागीहरूले समाजमा भोगेको र हरेक दुःख सुनाउदै दिगो विकासको लक्ष्य अन्तरगत सन् २०३० सम्ममा न्यायपूर्ण र सुरक्षित विश्व निर्माण गर्ने परिकल्पनालाई परिकल्पनामै सिमित राखिएको गुनासो पोखे ।

दिगो विकासका १७ लक्ष्य तथा १सय ६९ सहायक लक्ष्यहरू दिगो विकासका लागि योजना २०३० को एउटा भाग भएको र संयुक्त राष्ट्रसंघका १सय९३ सदस्य राष्ट्रहरू मिलेर २०१५ सेप्टेम्बरको ऐतिहासिक राष्ट्रसंघीय साधारण सभाको शिखर सम्मेलनले पारित गरेर २०१६जनवरी १, देखि लागू गरेको भयतापनि महसुस गर्न नपाएको गुनासो पोखे।

पछिल्लो जनगणना २०७८ ले देखिए अनुसार नेपालमा अपाङ्गता भएका व्यक्तिहरुको जनङसख्या २.२ प्रतिशत रहेको देखिन्छ भने तर,यो तथ्यांकमा धेरै व्यक्ति छुटेको पाइन्छ ।
तथ्याङकले देखाए अनुसार बागमती प्रदेशमा मात्र १ लाख २४ हजार १ सय अपाङ्गता भएका व्यक्तिहरुको तथ्याङ्क सबै भन्दा बढी शारीरिक अपाङ्गता भएका व्यक्ति ४३ हजार ५सय४ जना रहेको छ।

कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेश अध्यक्ष अश्विन लम्साल, महासंघ नेपाल बागमती प्रदेश समिति सल्लाहकार गणेश चन्द्र दवाडी प्रदेश सभा सदस्यहरू गिता गुरुङ हरि प्रसाद श्रेष्ठ लक्ष्मी श्रेष्ठ मन्त्रालय सचिबस् अमृत अधिकारी, प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी ‘छिन्तु’ लगायतले दिवसको अवसर पारेर बोल्ने मात्र नभएर सकारात्मक सोच र व्यवहार लागु गर्ने अपाङ्गता सम्बन्धी उल्लेख गरिएको अधिकारलाई कायम गरिनुपर्ने बताए ।

कानुन, नियममा भएकाले विपद् सम्बन्धी केही नमिल्दो प्रक्रियालाई मिलाएर अपाङ्गताका सवालहरूको समावेशीकरणका निम्ति कदम चालिनु पर्ने र यसका लागि आफुहरु नरोकिने बताएका हुन् ।