कार्तिक शुक्ल चतुदर्शीदेखि सुरु हुने हिन्दु धर्मालम्बीहरुको छठपुजाको रौनक सूरु भइसकेको छ ।

विशेष गरि तराई क्षेत्रमा मनाइने पर्व पछिल्लो समयमा नेपालका विभिन्न जात जातिहरुले समेत मनाउन थालेपछि पर्वलाई धुमधामका साथ मनाउन थालिएको छ ।

बिभिन्न पोखरी, पानीको ताल, नदि छेउछाउमा छठी घाट बनाई पुजाको व्यवस्था समेत गरिरहेका छन् ।

बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरकै वडा नम्बर– १ स्थित राप्तीतटमा पनि पुजाको लागि तयारी भइसकेको छ ।

उपमहानगरको मुख्य सहयोग र संयुक्त मधेसी सेवा समाज नेपालद्धारा छठपुजा समारोह समितीको संयोजनमा राप्ती तटलाई छठी घाट बनाइ सजाइएको हो ।

सोही स्थानमा ब्रतालु देखि अवलोकन गर्न आउनेहरुका लागि मध्य नजर गर्दै स्थल निर्माण गरे संगै छठ पूजालाइ सभ्य र भव्य रूपमा सम्पन्न गर्नका लागि अघिल्लो वर्ष भन्दा यो वर्ष भक्तजन र अवलोकन गर्न आउनेको संख्या अधिक हुने अनुमानमा ६ सय फिटको पाण्डाल बनाइएको छ ।

गएको वर्षदेखि आर्कषण बढाउन घोडा सहित सुर्यदेवको मुर्ति बनाइन सुरु गरिएको हो भने यस वर्षपनि घोडा सहितको सुर्यदेवको मुति बनाइएको छ ।

कात्तिक शुक्ल तृतीयाकै दिन बर्तालुले उसिना चामल, कोदो, मुसुरो, माछामासुसहित तामसी र राजसी भोजन नगर्ने र निरामिष ९सात्विक० भोजन सुरु गरेर तृतीयाकै दिन व्रतको तयारी थाल्ने परम्पराको पर्व मानिएको हो भने राप्ती तटमा बनाइएको छठीघाटमा सूर्यदेव र षष्ठी (छठी) देवीको महिमा गाइएका गीत गुञ्जँदैछन्।

सूर्य उपासनाको महापर्व  कात्तिक शुक्ल चौथीका दिन बर्तालुले पवित्र स्नान गरी व्रत सङ्कल्प गरेर चोखोनीतो खाने छन्। यो विधिलाई ‘नहाय–खाय’ भनिन्छ। पूजा सामग्री बोकेर राप्तीतटमा पुगेर पुजा सम्पन्न गर्ने छन् ।