हिन्दु नेपालीहरूको महान चाड बडा दशैं र बुधाबार भाइटिका संगै तिहार सकिएको छ ।

तिहारको पहिलो दिन शनिबार काग तिहार देखि सूर भएको पाँच दिनलाई यमपञ्चकका रुपमा मनाइने तिहार सकिए लगत्तै छठ पर्व मनाउने तयारीमा हिन्दु धर्मालम्बीहरु जुटेका छन् ।

विशेष गरि तराई क्षेत्रमा मनाइने पर्व नेपालका विभिन्न जात जातिहरुले समेत मनाउन थालेपछि साँस्कृतिक पर्वका रुपमा विकसित पर्वलाई पछिल्लो समयमा पहाडी क्षेत्रमा पनि धुमधामका साथ मनाउन पानीको ताल, पोखरी र नदि छेउछाउमा तयारी गरिदैछ ।

कार्तिक शुक्ल चतुदर्शीदेखि सुरु हुने पर्व कार्तिक शुक्ल सप्तमीसम्म मनाइन्छ ।
पर्वमा व्रतालुहरुले सप्तमीसम्म माछा, मासु, लसुन, प्याज, कोदो आदिको भोजन गर्न नहुने धार्मिक मान्यता रहेको छ ।

सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याण, मानव देखि सबै जीवप्रति सहानुभूति राख्न प्रेरित गर्ने पर्व मानिदै आएको हो ।

यसै विच बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरकै वडा नम्बर– १ स्थित राप्तीतटमा लामो पण्डाल निर्माण सहितको तयारी भइरहेको छ।

हेटौंडा उपमहानगरपालिकाको मुख्य सहयोगमा संयुक्त मधेसी सेवा समाज नेपाल जुटेर छठ पुजा समारोह द्धारा तयारी कार्य अघि बढाइएको हो।

गएको वर्षदेखि आर्कषण बढाउन घोडा सहित सुर्यदेवको मुर्ति बनाइन सुरु गरिएको छ ।

उक्त स्थानमा थप आर्कषणमा गएको वर्ष  घोडा सहितको सुर्यदेवको मुति बनाइएको थियो । यस वर्ष पनि घोडा सहितको सुर्यदेवको मुर्ति र करिब ६ सय फिट लम्बाइ रहेको पण्डाल निर्माण गरिदै छ ।

हेटौंडामा रहेको हिरा आर्टका हरि नारायण ठाकुरले मुर्ति निर्माणको जिम्मेवारी लिएका हुन् ।

मुर्ति निर्माणका लागि विगत २० वषैदेखि मुर्ति निमार्ण गरिरहेका सप्तरीका कालीगढ जिवस चौधरी र कारिब ६ वर्षदेखि काम गरिरहेका अरुण चौधरीले मुर्ति बनाइरहेका छन् ।