


मकवानपुर जिल्लामा पर्ने हेटौंडा उपमहानगरलाई स्वच्छ, सुन्दर र व्यवस्थित नगर भन्दै निकै चर्चा गरिन्छ ।
“स्थानीय सरकार घरघरमा सिंहदरवार” को नारा घन्किरहेपनि कयौं यस्ता स्थानहरुछन् न यो नाराको पत्तो छ । न यो नाराको न्याय हुन नै सकेको छ । हेटौंडा उपमहानगर भित्रै । नाराको आभास सम्म पनि गर्नै पाएका छैनन् ।
हेटौडा उपमहानगरपालिका सीमाना भित्रको भूउपयोग क्षेत्र वर्गीकरण, २०७९ अन्तरगर्त वडा नं. १५ को जग्गा वर्गीकरण
क कृषि क्षेत्रः
१ः साबिक रातोमाटे ३, ६ र ८ ९ हाल हेटौंडा १५ को बंगेरी, चिप्लेटी, बाँसघारी, घट्टेदमार, सल्लाघारी, कर्नेखोला, कमेरोपानी रहेको उल्लेख छ ।
यदि यो प्रत्यक्ष हेर्नेहो भने हेटौंडा बजारबाट पूर्वपश्चिम राजमार्गको सडकखण्ड हुँदै जितपुरसिमारा उपमहानगरपालिका बाराको अम्लेखगञ्ज पुगेर वडा नम्बर २२ हँुदै हेटौंडा १५ चिप्लेटी पुग्ने हो भने प्रत्यक्ष देख्न सकिन्छ ।
झण्डै २ सय घरघरधुरी रहेको उक्त स्थानमा २ विद्यालय भएतापनि उक्त स्थानमा २ विद्यालय रहेको र माथिल्लो भेगमा रहेको विद्यालयमा कक्षा ३ सम्म र फेदीको विद्यालयमा कक्षा ८ सम्मको अध्यानपछि भने शिक्षामै ब्रेक ।
बागमती प्रदेशको राजधानी भित्रकै उपमहानगरमा शिक्षा, स्वास्थ्य, रोजगार अनि व्यवस्थित नगर बनउने भन्दै विभिन्न योजना बन्दै आएको सुन्दा सुन्दै कैयौं युग बितेको चिप्लेटी बाँसघारीका वृद्ध चन्द्र बहादुर घलान बताउछन् ।
केही उचाइ सतहमा पुगेर हेर्नेहो भने फेदीमा घना जंगल अनि विशाल खोला देखिने पूर्व सिमानामा वडा नं. १६, पश्चिमा त्रिभुवन राजपथ वडा नं.१४, उत्तरमा वडा नं. ६,७ र ८, र दक्षिण तर्फ जीतपुरसिमरा उपमहानगरपालिले छोएको अति नै विगट बस्ती ।
साविको चुरियामाई वडा नं. ३,४,५,६,७,८ र ९ मिलेर बनेको कुल क्षेत्रफल १८.७७ वर्ग किलोमिटर रहेको यही बस्तीमा कैयौं युग बिताइसकेर मकवानपुरे जमिनको हकदार बन्ने सपना सजाउँदै वि.स. २०३२ सालदेखि बस्दै आएका घलानको सपना जग्गा धनी पुर्जा प्राप्तको ।
वि.स. २०२२ सालदेखि आवधी रहेको घना जंगलको बिच अनि छेउमा बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका अनि घना जंगल विचमा रहेको सानो बस्ती । मकवानपुरको हेटौंडा १५ कै भूमि कुरेर जमिनको हकदार बन्ने सपना सजाउदै आएपनि स्थानीय सरकारको नजार नपरेको सुनाउछन् चन्द्रबहादुर ।
यही बस्तीमा न पिउने पानीको सुविधा । एक थोपा पानी अनि जिन्दगी । यही पानीको लागि निकै संघर्ष । न यातायातको भने जस्तो सुविधा न शिक्षा न रोजगारीको व्यवस्था । तर, हेटौंडा उपमहानगर ।
२०३२ सालदेखि बासको खोजी अनि सहज जिवन बाच्ने आसा र भरोसा । मनमा डरैडर बोकेर पञ्चायत व्यवस्थाको सामना । लालपुर्जाको पर्खाइमा बहुदलीय व्यवस्थादेखि लोकतन्त्रसम्मको दृश्यको अनुभव ।
आँखाभरी सपना सजाउदै लालपुर्जाको पर्खाइमा युग बिताइरहेका वृद्ध चन्द्रबहादुर मात्र होइन धेरैको यही सपना छ ।
लालपुर्जाको पर्खाइम बस्तीमा बसोबासी । शिक्षा, स्वास्थ्य र रोजगारीको पखाईमा बसेका नयाँ पिढिका युवा । भनेजस्तो शिक्षाबाट वञ्चित अबोध बालबालिकाहरुको कथा । यहि कथा भित्र दुखाई र व्यथाले भरिएको जिवन प्रशस्तै भेटिन्छन् ।
वि.स.२००४ सालमा जन्म भएको बताउँदै केही व्यक्तिहरुको समुह बनेर घना जंगलविचमा जंगली जनवारको सामना गर्ने साहास गर्दै गरी खाने सोच सहित जंगल फाडेर बस्दै आएको चन्द्र बहादुरले बताए ।
वि.स २०४९ सालमा शिक्षाको लागि सानो विद्यालय स्थापित गरेको स्मरण चन्द्र बहादुरमा ताजा छ ।
घना जंगलमा सानो बस्ती अन्धकारको जिवन भोगाईको अन्त्य गर्दै वि.स. २०७४ साल मंसिरमा विजुली बाल्ने अवसर मिलेपनि साउन २६, २७ र २८ गतेको अविरल वर्षाले प्रलय ल्याएको सुनाए ।
यही प्रलयले दुखाइरहेको अवस्थामा विकासका अवधारण सहित आश्वसान बोकेर आउनेहरु कमी नभएको बताए ।
न हिउँदमा कुनै विकल्प । वर्षातको समयमा बगाउने हो या पहिरोले पुर्ने हो यसै भन्न सहिने अवस्था नरहेको बस्ती । या जंगली जनवारको आक्रमणमा परिने हो भन्ने, डरैडर । न शिक्षा, स्वास्थ्य रोजगार न पिउने पानीकै व्यवस्था । न हातमा जग्गा धनीको लालपुर्जा भन्दै चन्द्रबहादुरले सुनाए गुनासो नै गुनासो ।
उनले पञ्चायी व्यस्थालाई स्मरण गर्दै आफुहरु बसेको जग्गालाइ नम्बरी बनाउने अनगिन्ती सपना देखाउँने जग्गाधनी बन्ने आसा र विश्वासमा आफुहरुले रकम दिने गरेको र उनिहरुले यसैलाई कमाइको बाटो बनाएर निकै दुःख दिएर ठगी खानेभाडा बनाएको बताए ।
पञ्चायती व्यस्थामा नगर पञ्चायतको प्रधानपञ्च उपप्रधानपञ्च बनेर आउनेहरुले आफुहरुको लागी केही नसोचको अवस्था देखि लोकतन्त्र आयो भनिरहँदा पनि पटक पटक गरिएको निर्वाचनमा आफुले विश्वास गरेको जनप्रतिनीधिले नै आफुहरुकोलागि केही नसोचेको चन्द्रबहादुरले दुखेसो पोखे ।
पञ्चायतकालमा बोल्न चल्न नसक्ने अवस्थाबाट आइरहँदा आहिलेको लोकतन्त्रले वेथिति र अवस्थाका बारेमा बोल्न र विरोध गर्न पाइने समय आएको महशुस भएपनि व्यवस्थामा खासै परिवर्तन नपाएको बताउछन् ।
चन्द्र बहादुर भन्छन् “एक पटक बस्ती सार्ने कुरा पनि आयो । त्यसकारण यो बस्तीकालागि विनियोजन बजेट पनि बिना काममा किन खर्च गर्ने भनेर पठायौं । सुरक्षित स्थानमा जान पाउछौं । जग्गाको धनी बन्न पाउँने भयौं । लालपुर्जा पाइन्छ भन्ने सपना देख्यौ । तर, सबै सपना खेर गयो । यो बस्ने लायक स्थानै होइन । पानीको सुविधा छैन । जंगलको बिच छ । जंगली जनवारको डर, यातायातका लागि सजिलो छैन । त्यसैले हामीलाई स्थानीय सरकारले सारेर राखिदिए हुने ।”
चिप्लेटीको फेदीदेखि स्थानका बारेमा जानकारी दिदैँ सहयोगी बनिरहेका सोही स्थानका युवा कृष्ण घलानले आउँदो भदौमा पिउने पानीको व्यस्थापनमा वडाकार्यालयले कदम चलाउन लागेको बताए ।
उनले “भने यसपटक वडाध्यक्ष सुनिल मुक्तानले पहल गर्छु भन्नु भएको छ ।केही होला भन्ने आशामा छौँ ।”
.
सोही स्थानमा बसोबास गरिरहेका सुरेश रुम्बा र उनको श्रीमती मंगली माया रुम्बाले पनि आफ्नो बस्तीसम्म आईपुग्नका लागि सुविधायुक्त सडक, यातायात, पिउने पानी पर्खिरहेका छन् । उनिहरुको पनि चाहाना छ हातमा लालपुर्जा परोस भन्ने ।
सानो छोरीलाई कक्षा १मा भर्खरै भर्ना गरिदिएको बताउँदै सहजै शिक्षा प्राप्त गर्न पाउने व्यवस्था नभएमा कक्षा ८ पछि के हुने हो भन्ने आमा मंगलीमा अहिलेदेखिनै चिन्ता छ ।
भन्छन् “चुनाव ताका दिएको वचन अनुसार बाटो, पानी, बिजुली चाहियो ।”
गाँउमा रोजगारी नै नहुँदा शहर जानुपर्ने या विदेशै पुग्नुपर्ने वाध्यता रहेको युवाहरु बताछन् ।
उक्त स्थानकै स्थानीय जो विद्यालयका कार्यलय सहयोगी समेत रहेका कुलबहादुर मुक्तानले स्वास्थ्य उपचारको भनेजस्तो व्यवस्था र यातायातको सुविधा नहँुदा निकै संकट परेको बताए ।
उनले विगतलाई स्मरण गर्दै भने “श्रीमती गर्भवती हुँदा निकै दुःख भोगेको छु । रातको समयमा तन्नाको साहारामा बोकेर लानुपर्यो । साथीहरुको सहयोगमा बोकेर लैजादै गर्दा यातायात को सुविधा भएको भए सहज हुन्थ्यो । चुनावमा भोट माग्न आउँदा काम गर्छु भन्दै आउनुभयो तर, उस्तै छ । नेताको कुरा यस्तै हो ।”
सबैको एउटै चाहाना अनि उस्तै अपेक्षा बोकीरहेसंगै धादिङ्ग जिल्लाबाट आएर २०३६ सालदेखि बस्दै लालपुर्जा पर्खिरहेको रामबहादुर पाख्रिनले बताए । २०१४ सालको जन्म बताउँदै भन्छन् “केही न केही हुन्छ भनेर घना जंगलविचमा बस्दै आइयो । अब जाने कुनै ठाँउ छैन । लालपुर्जा पाइयोस् । ”
यसै विच सोही स्थानकी उमेरले ५६ वर्ष पुगेको बुद्धिमाया स्याङ्बोको पनि एउटै सपना छ । लालपुर्जा समाएर जग्गाको मालिक बन्ने ।
हेटौंडा उपमहानगर अन्तरगर्त वडा नम्बर १५मा रहेको चिप्लेटी आधारभूत स्वास्थ्यकेन्द्र स्थापति रहेको र सो केन्द्रलाई व्यवस्थित गर्नुपर्ने भन्दै हिजो आज निकै व्यस्त छिन् ।
घनाजंगल विचको बसाई अनि आफ्नै उपमहानगर पुग्नका लागि समेत समस्या भोग्दै आएको र समस्या समाधानको आशामा बसेको निकै लामो समय भएको बताउछिन् ।
बुद्धिमाया “भन्छिन् सामान्य उपचार गराउँनका निम्ति पहिला त धेरै सकस थियो ।अहिले एउटा स्वास्थकेन्द्र स्थपना भएर सामन्य उपचारको केही सहज भएको छ । चाहान्छौं यस स्वास्थ्यकेन्द्रमा डाक्टर सधै बसुन् । ”
बागमती प्रदेशको मुख्य मुख्यमन्त्री डोरमणि पौडेल रहँदाको समयलाइ स्मरण गर्दै बस्ती नै सार्ने योजना आएको र बस्ती विकासकालगि बजेट पनि विनियोजन गरिएको बताईन् ।
उनले भनिन् “बस्तीनै सार्ने भएपछि सरकारको पैसा किन खर्चा गर्ने भनेर फिर्ता गर्यों । अहिले न विकास भयो । न हामीलाई सारियो न जग्गाको लालपुर्जा नै छ । ”
सो स्थानमा बसोबास गरेको विगतलाई स्मरण गर्दै शिक्षाका लागि सरकारको साथ सहित हरेकले अ आफ्नो घरबाट केही रकम र रकम नसक्नेले बिभिन्न सामाग्री संकलन गरेर विद्यालय स्थापनाका लागि अघि सरेको सुनाइन् ।
भन्छिन् “माथि भएको बिद्यालयमा कक्षा ३ सम्म पढिसकेपछि तल आएर ८ कक्षा सम्म पढ्छन् । अलि पैसा हुनेहरुले बजारमा पढ्न पठाउछन् । धेरैजसोले पढाउन सक्दैनन् । छोरीमान्छेको बिहे गर्दिन्छन् ।”
विगतको तुलनामा केही परिवर्तन भएको देखिएपनि खुसी हुनेगरि केही नपाइएको बुद्धिमाया बताउछिन् ।
उनिहरु त प्रतिनीधि पात्र मात्रै हुन् ।
हेटौंडा उपमहानगरमा रहेको १९ वटा वडाहरु नै घुम्ने हो भने संकट र समस्या भोग्नेहरु धेरैनै भेटिन्छन् ।
हेटौंडा उपमहानगर ५ का सामाजिक सहयोगी विशालराज महत सहित हामी बिहानीको १०बजेदेखि १ दिने हेटौंडा १५ चिप्लेटीको यात्रामा रहयौं ।
भेटिएका पात्रहरुले पञ्चायतकालदेखिको पखाई लालपुर्जा रहेको सुनाएर व्यक्त गरेको दुखेसो सुन्दा सरकार र सरोकारवालाहरुले मागको सम्बोधन गर्न चासो नराखेको होकी भन्ने अनूभुत हामीले गर्यो ।
नागरिकका लागि गर्नुपर्ने कर्तव्यमा सरकार चुकेको अवस्थामा के भन्ने ? कुनै शव्द भेटिदैन।
सो स्थानमा सम्बन्धित र सरोकारवाला पुगेर देखिएका समस्या समाधानको बाटो खोज्नु अतिनै आवाश्यक छ ।
रातो समचारकर्मी
राजेश गरिब
प्रतिक्रिया दिनुहोस्