रोशन दिप – नेपाली मुवी तथा म्युजिक भिडीयो इन्डस्ट्रीमा नेपोटिजम, ग्रुपिजम र फेवरेटीजमले सदा आफ्नो गहिरो छाप छोडेको हामीले देखिरहेका नै छौँ तर एस्तै जकडहरुको बिचमा इन्डस्ट्रीमा केहि एस्ता कलाकारहरु पनि छन् जो आफ्नै दम र बलबुत्तामा आज सम्म टिकिरहेका छन् । आफुलाई तिनै कलाकारहरु मध्येका एक बताउने डान्सर बद्री बिष्ट अहिले सोसल मिडीयामा भाइरल भइरहेका छन् । ।

हिजोका दिनहरुमा नेपाली म्युजिक इन्डस्ट्रीलाई योग्दान दिएता पनि आफुले वास्तवमै जुन पहिचान, डिजरभेसन र हाइट पाउनु पर्ने थियो । त्यो कहिल्यै पाएनन् । तर अहिले केहि दिन एता उनले एउटी युवतीलाई कुर्सीमा राखेर गरेका होल बडी वेभ मुभ डान्स स्टेपले उनलाई नेपालभर पहिचान मात्र नभइ, विवादमा समेत तानिदिएको छ ।

बद्रीले अलग अलग मिडीयामा दिएको अन्तवार्ता अनगिन्ती दर्शकले हेरिसकेका छन् भने उनलाई गाली गर्नेको संख्या पनी अत्याधिक रहेको छ । जसको विषयमा उनी भन्छन्, “गाली गर्ने दर्शकलाई नि सम्मान छ” । “मेरो वर्षौको स्ट्रगलको कसैले कदर गर्नुभएन तर जब देखी मैले त्यस्तो डान्स मुभ देखाए तब देखी म भाइरल पनि भएँ र सबै सामु परिचित पनि । त्यसैले म अर्को पटक अफिसियल म्युजिक भिडीयोमा उक्त मुभ प्रस्तुत गर्नेछु । मैले देखाएको मुभ अन्तराष्ट्रिय स्तरमा मान्यता प्राप्त मुभ भएता पनि नेपाली समाजमा पहिलो पटक कसैले देखाएको भएर अलिकती झट्का लाग्नु स्वभाविक हो । तर मलाई विस्वास छ । म चाँडैनै दर्शकहरुलाई यो एउटा डान्स स्टेप हो नकि भल्ग्यारिटी भनेर बुझाउन सफल हुन्छु”।

यो त थियो उनको अभिव्यक्ति कुरा उनि माथी भएको टिकाटिपणी तथा विवाद प्रतीको । यसलाई छोडेर बद्री माथी एक नजर डाल्ने हो भने । उनी डान्सप्रती एती धेरै प्यासनेट व्यक्ति हुन् कि खुट्टामा फलामको स्टिल र नटबल्टु फिट गर्नुपरेर आराम लिनु पर्ने भएपनि पुरा दिन आज के नया गरौँ भनेर डान्समा रगड्डी रहेका हुन्छन्।
यही जुनुन र पागलपना देखेर चर्चित गायीका सिर्जना उर्फ “हाउडे माया”ले समेत आफ्नो मुक्त कण्ठबाट बद्रीको प्रशंसा गर्दै उनको सफल्ताको लागी कामना समेत गरेकी छन् ।

बद्री भोलीको दिनमा नेपाली म्युजिक भिडीयो इन्डस्ट्रीका लागी एउटा कोसे ढुंगा साबित हुने अब्बल कलाकार हुन् भन्ने कुरामा कुनै दुइमत नै छैन । त्यसैले उनका केहि प्रशंशकहरु भन्छन् “बद्री त केबल एउटा प्रतिनिधी पात्र मात्र हुन् त्यसता प्रतिभावान व्यक्तिहरुको जसले या त प्रतिभाको धनी भएरपनि अवसर पाइरहेका हुदैनन् या चैँ आफ्नै दममा सफलता सम्म पुग्न लागे भने पनि उनीहरुको खुट्टा तान्ने प्रयास हुन्छ । जसकारण फ्रस्टेसनमा आएर उनीहरु पहिचानको लागी एस्तो हर्कत गर्न बाध्ये हुन्छन् । तर हामी विश्वस्त छौँ कि भोलीको दिनमा एदी बद्रीले दर्शकको प्रशस्त साथ, सपोर्ट र पहिचान पाए भनी उनी अवस्य पहिले जस्तै ट्रयाकमा फर्कने छन्” ।

अहिले पछिल्लो समय उनी केहि दिनमै अनगिन्ती दर्शकहरुको माया पाउन सफल “माया मागेको” २ बोलको गीतका कारण पनि चर्चामा छन् । जसमा उनी सँगै चर्चित मोडल एलिशा शर्मा पनि हामीले देख्न सक्छौँ भने र्‍यापमा सिर्जना खत्री उर्फ “हाउडे माया”ले साथ दिएकी छन्।

सार्वजनिक भिडिओमा दुईबीच एस्तो गज्जबको केमेस्ट्री देखिएको छ कि कुरै नगरौँ।

भिडिओको कन्सेप्ट, कोरियोग्राफ र निर्देशन डान्सर बद्रीकै रहेको छ। भिडिओमा सुनिल क्षेत्री र सिर्जना खत्रीलाई पनि देख्न सकिन्छ।  भिडिओमा केही फरक गर्ने कोसिस गरिएको छ।

डान्सर बद्री बिष्ट यस भिडीयो लगतैनै केहि दिनमै फेरी माया मागेको ३ बोलको म्युजिक भिडीयो बनाउने तयारीमा समेत जुटीसकेका छन् । उनी भन्छन् ,”समय आएको छ मेरो, अवसर पनि लागेको छ, अब ब्याक टु ब्याक दमदार प्रस्तुती दिने छु” ।

माया मागेको २ बोलको म्युजिक भिडीयो तपाईँहरुले तल दिइएको बद्रीको आफ्नै (Badri Bista) नामक अफिसियल युट्युब च्यानलको लिङ्कमा क्लिक गरेर हेर्न सक्नु हुने छ ।