बागमती प्रदेशको राजाधानी हेटौंडामा रहेको हेटौंडा सामुदायिक आँखा अस्पताल नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठानले १ वर्षको अवधीमा करिब १ लाख २० हजार अधिक आँखा सम्बन्धि रोगीहरुको उपचार गर्न सफल भएको छ ।

चालु आर्थिक वर्षलाइ हेर्ने हो भने २०७९– पौष १७ गतेदेखि२०८० जेठ १८ गते सम्मको तथ्याङ्क अनुसार ५०,७५४ जनाको आँखा परिक्षण भएको छ ।

ओपिडिमा ३९,११८ जनाको आँखा परिक्षण, निःशुल्क आँखा शिविरमा परिक्षण सहित ८,०१४ जनको परिक्षण जसमध्य २,१६० जनमा मोतियाबिन्दु भेटिएको छ ।

बिद्यालय क्षेत्रमा समेत गरिएको निःशुल्क आँखा परिक्षणमा ३,६२२ जनले सेवा पाएका छन् ।
३,३१२ जनाको सल्यक्रिया भएको छ ।

जसमा ५७ प्रतिशत पुरुष— ४३ प्रतिशत महिला छन् ।

मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, सिन्धुली जिल्लाहरुमा गरि ५९ वटा बिभिन्न शिविरहरुमा १२,३३६ जना आँखाको बिरामी लाई सेवा दिएको छ ।

शिविरबाट निः शुल्क शल्यक्रिया १७३६ जनको र ५२६४ जनाको शल्यक्रिया भएको छ भने विद्यालयामा १९४० जनाले सेवा पाएका छन् ।

अस्पतालले सन् २०२२ मा एक वर्षको अवधिमा ५ हजार २६४ वटा आँखासम्बन्धि शल्यक्रिया गरेको छ । अवधिमा अस्पतालले ९७ हजार ४०९ जना सेवाग्राहीलाई उपचार सेवा प्रदान गरेको छ । जसमा ३ हजार ९८६ जनाले आकस्मिक सेवा प्राप्त गरेका हुन् । ग्रामिण क्षेत्रमा ५९ वटा निशुल्क आँखा शिविर सञ्चालन गरेकोमा १२ हजार ३३६ जनाले उपचार सेवा प्राप्त गरका छन् ।
१ हजार ७३६ जना सेवाग्राहीले साना तथा ठूला शल्यक्रिया सेवा निस्शुल्क प्राप्त गरेका हुन्। अस्पतालमा दैनिक ३ सय ५० जना आँखा जाँचको लागि सेवाग्राहीहरु आउने गरेका छन् ।

मकवानपुर, बारा, सिन्धुली, रौतहट, सर्लाही लगायत जिल्लाका ग्रामिण क्षेत्रमा निःशुल्क आँखा शिविर सञ्चालन गरेर होस या बिभिन्न माध्यमबाट स्तरीय उपचार सेवा प्रदान गर्दै आएको मान्न सकिन्छ ।

शिविरमा जाँचपश्चात शल्यक्रिया गर्नुपर्ने अवस्थाका बिरामीहरुलाई अस्पतालले निःशुल्क सेवा उपलब्ध गराउदै आएको छ ।

यसै विषयमा रातो समाचार डटकमका सहकर्मी संगकोको कुराकानीमा  अस्पताल प्रशासन प्रमुख सुधिर श्रेष्ठले बिगतलाई स्मरण गर्दै मकवानपुर र हेटौंडा आसपासमा १ वर्षमा बल्ल बल्ल चलाएको निःल्शुल्क आँखा शिबिरमा मात्रै आँखा परिक्षण गर्नुपर्ने अवस्था रहेको बताए ।

रोट्री क्लब हेटौंडा, तिलगंगा आँखा प्रतिष्ठानले चलाएको शिविरमो आँखा परिक्षण गर्द अधिक रोगीहरु भेटिएपछि डा. सन्दुक रुईतले रोट्री क्लबका सदस्यहरुसंग छलफल गरेर हेटौंडामै सामुदायिक आँखा केन्द्रका रुपमा २०६५ साल मंसिर ५ गते देखि सञ्चाल गरेको सुनाए

स्थापना भएपछि क्रमसः उत्कृष्ट काम गर्नकालागि सहज वातारण बनाई सबैको साथ सहयोले नै सफलता पाएको प्रशासन प्रमुख श्रेष्ठ बताउछन् ।

१५ वर्षको अवधिमा अस्पतालले १० लाख अधिक आँखा  रोगीहरुको उपचार गराउन सफल भएको हो ।

त्यसपश्च्यात क्लबले नै बिभिन्न दातहरुको खोजी गर्दै भवन निर्माणमा अघि बढेसंगै समाजसेवी सिद्धीलाल श्रेष्ठ जोडिएर भवन निर्माण गर्न सफल भएको स्मरण गरे ।
डा. किशोरराज प्रधान संस्थापक रहेको जानकारी दिदै ८ जनाको समुहले चलाएको अभियानमा अस्पतालमा १ जना मात्र डा. रहेको अवस्था र सामन्य आँखा परिक्षण गदै आएको स्मरण छ ।

प्रशासन प्रमुख “श्रेष्ठले भने हेटौंडा अस्पतालको एउटा सानो कोठाबाट सुरु गरेर हेटौंडा सामुदायिक आँखा अस्पताल स्थपना र व्यवस्थित बनाउन सिद्धिलाल श्रेष्ठ अघि सर्नुभयो ।”
तत्कालिन समयमा हेटौंडा नगरपालिकाका मेयर रहेका बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल र तिलगंगा आँखा अस्पतालका डा. सन्दुक रुईतको प्रयासले जग बसाउन सकिएको प्रशासन प्रमुख श्रेष्ठ बताउछन् ।

अस्पतालले सेवा सुरु गरेपछि मकवानपुर बासीले सजिलै आँखासम्बन्धी स्वास्थ्य सेवा प्राप्त गरेकाले समयमै उपचार गरी आँखासम्बन्धी समस्याबाट मुक्त भएकाहरुमा निकै खुसी झल्कने गरेको छ ।

१५ वर्ष अगाडि आँखामा समस्या पर्दा उपचारमा पर्ने समस्या हाल बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको आँखा अस्पतालका कारण आँखाको समस्याबाट धेरैले मुक्ती पाएकै छन् ।

अस्पतालले दिएको उपचार पद्धति,सफा र शान्त सुविधायुक्त सेवाले बिरामीको मन र विश्वास जित्न सफल भएको छ नै बिरामीहरू यहाँ आकर्षित हुनु कारण पनि यही हो ।

आँखा जाँचको लागि आएका सेवाग्राहीहरु मध्य अस्पतालले आँखा जाँच तथा विरामीको अवस्था हेरेर शल्यक्रिया सेवा उपलब्ध गराउँदै आएको छ ।

अस्पताल प्रशासन प्रमुख श्रेष्ठ भन्छन् “ यस अवस्थामा आईपुग्न सहज भएको छैन । स्वास्थ्य बीमा कार्यक्रम लागू भएसँगै बिरामीको चाप बढ्ने क्रम छ ।

बागमती प्रदेश सरकार, हेटौंडा उपमहानगर लगायतबाट साथ सहयोग समेत पाइरहेको प्रशासन प्रमुख श्रेष्ठले बताए ।
हालको अवस्थामा हरेक ३,३ महिनामा गरिएको सेवा प्रदानमा जलबिन्दुको उपचार, आँखाको पदार्न सम्बन्धि युबिआइटिस आँखाको पानी धमिलो हुने लगायत बिभिन्न समस्या समाधानको कार्य गर्दै आइरहेको बताउछन् ।

उपचारकै लागि थाहा नगरपालिका पालुङ्ग, मनहरी, बागमती ईन्द्रशरोवर र कैलाश गाँउपालिकामा केन्द्र छ भने, बकैया गाँउपालीकामा चाडै स्थापना हुने बताए ।

उपकरणका कारण हेटौंडामा सेवा दिन नसकेको मध्य नजर गर्दै सेवा बिस्तारकै क्रममा थप उपकरणमा – ओटी स्पान– अप्रेशन कक्षलाई बिस्तार गर्न लागेको बताए ।
थप सेवामा अब सेवाग्राहीहरु लाइनमा बस्न नपरो सहज होस भन्नकालागी टिकट काट्नको लागि एपको तयारी समेत गरिएको र यो छिट्टै कार्य सम्पन्न गरिने बताए ।

अस्पतालमा आउने विरामीमध्ये ५० प्रतिशत बिरामीले स्वास्थ्य बीमा मार्फत् सेवा समेत लिइरहेका छन् । अत्याधिक चुनौतीहरुको सामना गर्नुपरेको छ ।सानोतिनो उपचारका लागि हेटौंडाबाहिर जानुुपर्ने बाध्यतालाई सामुदायिक आँखा अस्पतालले अन्त्य गरेको यो गर्वको विषयमा लिन सकिन्छ ।”

आँखा अस्पतालले न्यून शुल्कमा उपचार सेवा प्रदान गरिरहेकाले आर्थिकरुपमा अस्पताल सक्षम बन्न नसकेको बताउछन् ।

अस्पतालमा हाल ३ जना आँखासम्बन्धी डाक्टरले सेवा दिइरहेको हप्ताको ३ दिन अप्रेशन गरिने जानकारी दिदै अस्पतालमा थप जनशक्तिको आवश्यकता रहेको श्रेष्ठले बताए ।

आँखा अस्पतालको परिसरमा आँखाको नानी संकलन केन्द्र समेत स्थापना गरिएको छ ।मृतकहरूको आँखाको नानी संकलन कार्य चलिरहेको र हेटौंडा उपमहानगरपालिकाले समेत सहयोग गरेको बताए।

श्रेष्ठ भन्छन् “अस्पतालमा कार्यरत ३ जना विशेषज्ञसहित ५५ कर्मचारीमा डाक्टर, नेत्र सहायक, कर्मचारी, सुरक्षा गार्ड सबैको मेहनत छ ।
अस्पताललाई सेवामुलक रूपमा अगाडि बढाउन अस्पतालका प्रमुख डा.सुनिल थकाली लगायत अस्पतालमा कार्यरत रहेका सबैको सामूहिक प्रयास हो अस्पतालको मुहारै फेरिएको छ।”