


चर्चित गायिका समिक्षा अधिकारीको स्वर रहेको “म मर्छु तिमी बिना” म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
अशोक बिकको शब्द, संगीत र निर्देशनमा तयार भएको “म मर्छु तिमी बिना” सार्वजनिक गरिएको हो ।
उक्त भिडियोमा एसराज गराज, ऋचा थापा, सक्शी लम्साल लगागतको अभिनय रहेको छ ।
२१ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई सुदिप सागरले एरेञ्ज गरेका हुन् भने किरण थापाले रेकर्डिङ र मनोज ढंगोलले मिक्सिङ गरेका हुन् ।
एकतर्फी अथाहा प्रेम अनि मायाँमा धोका खाएपछि बिरक्तीएको मन अनि आफुले मायाँ गरेको मान्छे अर्कैतर्फ मोडिदा मनभरी परेको विरहलाई गितमा देखाइएको छ ।
समिक्षा अधिकारीले गाएको हरेक गितले सबैको मन छुने गरेको छ भने गीतमा नरेश बिर सिंहको कोरियोग्राफी, बासु नेपालीको छायांकन, पदम सुबेदीको सम्पादन रहेको छ ।
प्रतिक्रिया दिनुहोस्