हिन्दी फिल्म आदिपुरुषका संवाद लेखक मनोज मुंतशिरले नेपालबारे दिएको अभिव्यक्तिको बिरोध भइरहेको छ ।
भारतीय फिल्म ‘आदिपुरुष’लाई लिएर भारतसँगै नेपालमा पनि विवाद र विरोध चर्किँदै गएको छ ।
आदिपुरुष को संवादलाई लिएर विवाद चर्किएपछि नेपालमा त्यसको केही संवाद काटेर रिलिज गरिएको हो ।
भारतीय फिल्म ‘आदिपुरुष’लाई लिएर भारतसँगै नेपालमा पनि विवाद र विरोध चर्किँदै गएको छ । तर, भारत र नेपालमा भैरहेको विरोध भने फरक छ ।
भारतमा कथा दृश्य संवाद देखि बिभिन्न कुराको प्रस्तुतीले रामानन्द सागरको रामायणलाई देखाइरहेका छन् ।
आदिपुरुषमा समावेश संवादको भाषा निकृष्ट शैलीको प्रस्तुत गरिएको भन्दै हिन्दू धर्मावलम्बी तथा हिन्दूवादी संस्थाहरुले भारतमा विरोध जनाइरहँदा ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आशयको संवाद भ्रमपूर्ण रहेको भन्दै विरोध भैरहेको छ ।
यसैविच फेरी शनिबार एक सञ्चारमाध्यमसंगको कुराकानीमा मुंतशिरलेले नेपाल पहिले भारतकै अंश थियो भनेका छन् ।
यस अभिव्यक्तीको खण्डन गर्दै चौतर्फी बिरोध भइरहेको छ ।
अन्तरवार्तामा मुंतशिरले भने “नेपालको विरोध मैले बुझ्न सकेको छैन । नेपाल भारतको अंश हुँदाको कहानी हो यो । यदि सीतालाई हामी भारतकी छोरी भन्दैछौं भने नेपाल कहाँ भारतबाट अलग्गिइसकेको थियो र ? १९०३ या १९०४ तिर नेपाल भारतबाट अलग्गिएको थियो । नेपाल भारतमै थियो । यसकारण सीता भारतकै छोरी थिइन् । यदि नेपालीहरूले सोधेभने म सम्झाउछु । जतिबेलाको यो कथा हो त्यो समयमा जानकी भारतकै छोरी थिइन्।”
उनले थपे “देशका हिसाबले हामी फरक हुन सकौंला ।राष्ट्रका हिसाबले नेपाल भारतबाट फरक छैन ।”
जानकी भारतकै छोरी हुन् भनेपछि नेपालमा ‘आदिपुरुष’ बहिष्कार अभियान सुरु भएको छ । फिल्म बहिष्कार गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमा हजारौं पोस्ट गरिरहेका छन् ।
‘प्रेमगीत’ निर्माता सन्तोष सेनले ‘आदिपुरुष’ लेखकले १९०३ मा नेपाल भारतसँग अलग भएको मूर्ख अभिव्यक्ति दिएको भन्दै फिल्मलाई बहिष्कार गर्न आह्वान गरेका छन् ।
‘पशुपति प्रसाद’ फेम्ड निर्देशक दीपेन्द्र के। खनालले ‘सबै नेपालीले ‘आदिपुरुष’ बहिष्कार गरौं’ भनेर आग्रह गरेका छन् ।
त्यस्तै, कलाकार दीपकराज गिरीले , ‘लेखकले आधी ज्ञान लिएर ‘आदिपुरुष’ बनाएछन् । नेपाल १९०३ मा भारतसँग अलग भएको भन्ने उनको पछिल्लो अभिव्यक्ति झनै निन्दनीय छ ।’
चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले भारतीय शासकहरुबाट नेपालको सार्वभौमसत्ता तथा राष्ट्रिय सम्मानविरुद्ध बारम्बार आक्रमण भइरहेको उल्लेख गर्दै सरकारले तुरुन्त ‘आदिपुरुष’ र भारतीय फिल्महरुको प्रदर्शन रोकेर भारत सरकारसँग आफ्नो अडान राख्न आग्रह गरेका हुन् ।
यसै विच नेपाल भारत बिश्व मैत्री संघ – महा सचिव किरण राज रेग्मीद्धारा हस्ताक्षर गरिएको एक विज्ञप्ती जारी गर्दै आपत्ती जनाएको छ ।
विज्ञप्ति जारी गर्दै अदिपुरुषमा जानकी माता भारतकि हुन भन्ने संवाद र फिल्म लेखकले एक अन्तबार्तामा नेपाल भन्ने देश १९०३ पछि भारतबाट अलग भएको हो भन्ने अभिव्यक्ति प्रति आपत्ती जनाएको हो ।
–
प्रेस विज्ञप्ति
यहि शुक्रबार रिलिज भएको हिन्दी फिल्म अदिपुरुषमा जानकी माता भारतकि हुन भन्ने संवाद र फिल्म लेखकले एक अन्तबार्तामा नेपाल भन्ने देश १९०३ पछि भारतबाट अलग भएको हो भन्ने अभिव्यक्ति प्रति यस नेपाल भारत • बिश्व मैत्रि संघ niwfa को ध्यानाकर्षण भएको छ । युगौ युग देखि हामि दुबै राष्ट्र बिच धर्म, संस्कृति तथा ऐतिहासिक रुपमा स्पष्ट भएको तथ्यलाई जनमानसमा नै भ्रम श्रृजना हुने गरि गलत संबाद र भ्रमपुर्ण अभिव्यक्ति प्रति यस संस्थाले घोररूपमा भर्षना गर्दछ । यस्ता अभिब्यक्तिहरुले दुबै राष्ट्र बिचको मित्रता, अखण्डता र स्वाधीनतालाई समेत खल्बल्याउने भएको हुदा सम्बन्धित पक्षहरुलाई यस्ता अभिब्यक्तिहरु नदिन हुन हामी अनुरोध गर्दछौ । साथै आदि पुरुषका लेखकलाई आफ्नो अभिव्यक्ति सच्चाउन र चलचित्रको गलत संवाद हटाउन हुनपनि हामि माग गर्दछौं ।
नेपाल भारत मैत्री सम्बन्ध सदा अमर रहोस् ।
किरण राज रेग्मी
महा सचिब
प्रतिक्रिया दिनुहोस्