


बाहुबली भनेर चिनिने प्रभास स्टारर अभिनित मुवी ‘आदिपुरुषका असार १गते शुक्रबारबाट देखि संसारभर प्रदर्शन हुन लागे संगै काठमाडौं महानगरका मेयर बालेन शाहले फिल्म ‘आदिपुरुष’ मा ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद नसच्याएसम्म काठमाडौंमा कुनै पनि हिन्दी फिल्म प्रदर्शन गर्न नदिइने उलेख गरे।
……………
प्रर्दशनको संघारमै आएर विवादमा तनिएको विवादित संवाद फिल्मबाट हटाइएपछि नेपाली सेन्सर बोर्डले फिल्म ‘आदिपुरुष’लाई प्रदर्शन अनुमति दिएको भन्दै अनलाइन खबरले समाचार प्रकाशित गरेको छ ।
फिल्ममा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने वाक्यमा आपत्ति जनाउँदै बिहीवार अपरान्ह बोर्डले प्रदर्शन अनुमति दिन अस्वीकार गरेको थियो ।
उक्त स्टाटस पोष्ट भएको केही समयपछि भारतीय वितरकले फिल्मबाट विवादित वाक्य हटाएर नेपाल पठाएपछि सेन्सर बोर्डका अध्यक्ष अनिलकुमार दत्तले हस्ताक्षर गरेको अनुमति पत्र वितरकलाई दिएको अनलाइन खबरले जनाइएको हो ।
विवादित संवाद हटाएपछि ‘आदिपुरुष’ले पायो नेपालमा प्रदर्शन अनुमति
सेन्सर बोर्डको अनुमतिपछि ‘आदिपुरुष’ शुक्रबार नेपालमा रिलिज हुने भनिएको छ ।
…………………
तस्विर अनलाइन खबरबाट
………………………………..
यता फिल्म प्रति बालेनको अभिव्यक्तीमा नेपाली फिल्मकर्मीहरुले सामाजिक सञ्जालमा समर्थन गरेका छन् ।
दीपकराज गिरीले बालेनको समर्थन गर्दै लेखे ‘सारा हिन्दू जगतले मानेको कुरा सीता नेपालकी छोरी हुन् । त्यो कुरामा छेडछाड गर्नु गलत कुरा हो । योविरुद्धको आवाज सही हो । सच्चाउनु पर्छ ।’
यसैविच चलचित्र निर्माता संघका अध्यक्ष समेत रहेका कलाकार नवल खड्काले समावेश संवाद नसच्याएसम्म हिन्दी फिल्म नेपालमा चल्न नदिन सरकारसँग आग्रह गरे ।
उनी लेख्छन्, ‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म मूल कपीमा या भारतमा पनि सच्चिँदैन तबसम्म नेपालभित्र अरू हिन्दी फिल्म चल्न नदेऊ सरकार ।’
चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला लेख्छन् ‘आदिपुरुष’मा समावेश संवादप्रति आपत्ति जनाउदै लेखे ‘यो आशयलाई नेपालको जाँचपास ९सेन्सर०ले मात्र सच्याएर अभिव्यक्ति र नियत सच्चिँदैन भन्ने हाम्रो दृढ धारणा छ । विश्वभरी यो आशय जाने हुँदा वितरण भएका सबै प्रति (कपी)मा सच्चिनुपर्छ । यो हाम्रो मात्र आवाज हैन, सम्पूर्ण नेपाली कलाकर्मीको आवाज हो ।’
चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली लगायतले समर्थन जनाएका छन् ।
काठमाडौं महानगरका मेयर बालेन शाहले तीन दिनभित्र नहटाए कुनै पनि हिन्दी फिल्म काठमाडौं महानगरमा प्रदर्शन अनुमति नदिने उल्लेख गरेको वाक्यले अन्यौलमा पारेको छ ।
“आदिपुरुष” को संवाद नसच्याए काठमाडौंमा कुनै हिन्दी फिल्म चल्न दिन्नौं : मेयर बालेन शाह
प्रतिक्रिया दिनुहोस्