रोशन दिप – बाहुबली भनेर चिनिने प्रभास स्टारर अभिनित मुवी ‘आदिपुरुषका असार १गते शुक्रबारबाट देखि
संसारभर प्रदर्शन हुन लागे संगै  काठमाडौं महानगरका मेयर बालेन शाहले  फिल्म ‘आदिपुरुष’ मा ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद नसच्याएसम्म काठमाडौंमा कुनै पनि हिन्दी फिल्म प्रदर्शन गर्न नदिइने उलेख गरेका छन् ।

मेयर शाहले चेतावनी सहितको बिहीबार साँझ फेसबुकमा स्टाटस लेख्दै आपत्ति जनाएका हुन्।

……………….

 

 ‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभइ भारतमा पनि सच्चिँदैन तबसम्म काठमाडौ महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन । यो सच्याउन तीन दिनको समय दिइएको छ । माता सीताको जय होस ।’

…………………

उनको यो निर्णयसँगै ‘आदिपुरुष’को काठमाडौं प्रदर्शन अन्योल बनेको छ ।

 

मुवीमा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्चिएसम्म काठमाडौं महानगरपालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने उल्लेख गरेका हुन् ।
फिल्ममा शब्द सच्याउनका लागि ३ दिनको समय दिएको र नेपालमा मात्र नभई भारतमा पनि सच्चिनु पर्ने लेखेका हुन् ।

आदिपुरूष’ समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सच्चिँदैन तबसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै हिन्दी फिल्म चल्न नदिइने उल्लेख गरेका हुन् ।

प्रर्दशनको सघारमै आएपछि मेयर बालेनले उक्त मुवीमा समावेश भनाइको खण्डन गरेपछि मेयर बालेन शाहको चौतर्फी तारिफ भइरहेको छ ।

केही समय अघिनै यस फिल्मको ट्रेलर रिलिज हुन साथ अभिनयमा कलाकारको लुक्सका कारण बिवादमा आएको थियो भने पुनः सच्याएर पछिल्ले समय प्रर्दशन गरिने भएको हो ।

ओम राउतले निर्देशन गरेको फिल्म रिलिज भएपछि भारतीय हलमा हनुमा नाममा एउटा सिट खाली राखिने निर्माण पक्षले घोषण पनि गर्यो ।

मुवीलाई हेटौडा ४ स्थित नारायणीमलमा रहेको एनएस सिनेमा हलमा पनि हेर्न पाइने र एनएस सिनेमा हललेले भने हनुमान मात्रै नभएर भगवान राम, लक्ष्मण, सीता र हनुमानको नाममा सिट छुट्याउने घोषण भयो ।

 

भुषण कुमार, कृष्ण कुमार, ओम राउत,प्रसाद सुत्तर, राजेश नायरले निर्माण गरेका मुवीमा अभिनेता प्रभाष सँगै सैफअलि खान, कृति सानन, ओम राउत, सन्नी सिंह लगायतको अभिनित मुवीको संवाद सच्याउन तीन दिनको समय कस्तो हुने छ ?
‘आदिपुरुष’को काठमाडौं प्रदर्शन अन्योल बनेको छ ।