रोशन दिप- हेटौंडाको एनएस सिनेमामा आज जेठ १२ गते शुक्रबारदेखि नेपाली मुवी टुल्की र ‘हुक्का स् एन एब्सर्ड ड्रिम’ प्रदर्शनमा आएको छ ।

टुल्की बहुपति प्रथामा आधारित रहेको बताइएको छ ।
‘द पाल्म ग्रुप ’द्वारा निर्माण गरिएको र डोल्पा, हुम्ला, मुगुलगायतका हिमाली जिल्लामा रहेको कुप्रथालाई ‘टुल्की’ मार्फत देखाइएको निर्माण पक्षको भनाइ छ ।
मुवीमा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपाने आदि कलाकारले अभिनय गरेका छन् ।
मुवीलाई देवजङ्ग थापाले निर्देशन गरेका हुन भने सुशील अधिकारी र नवराज घिमिरेले छायाङ्कन गरेका हुन् ।
शेखर लामाको प्रस्तुतिमा निर्माण लक्ष्मण सुनारको कथा हो ।
‘स्क्रिन प्ले’ शेखर लामाको तारा थापा, पाश्र्व सङ्गीत सञ्जीव सुब्बा, कोरियोग्राफी लिगेश भट्टराई र रमेश बुढाथोकीको रहेको छ ।

……………………

चलचित्रलाई शानदार २ वटा पर्दमा हेर्न पाइने हल संयोजक किशोर राज पौडेलले बताएका छन् ।

चलचित्रलाई हेर्नकालागि एनएस सिनेमा हलको संपर्क नम्बर ––057-524718 अग्रिम बुकिङ्ग गर्न सकिने संयोजक पौडेलले बताए ।

……………………

त्यस्तैगरी स्पाइनी ब्याब्लर क्रिएसनले ह्यासट्याग नेपालसँग सहकार्य गर्दै निर्माण गरिएको। ‘हुक्का स् एन एब्सर्ड ड्रिम’ पनि प्रर्दशन मा छ ।

मुवीमा प्रमिला खनाल, सन्तोषकुमार आत्रेय, प्रकाश घिमिरे, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङ लगायतका कलाकारहरुको अभिनय छ ।

निश्चल विमल, अर्जुन गोदार, कुमार गुरुङ्ग र बाल कलाकार अङ्कित जिसीको पनि अभिनय छ ।

पारिवारिक विषयमा तयार भएको निर्माण पक्षको भनाइ छ ।
प्रयत्न श्रेष्ठको शब्द र संगीत, प्रयत्न श्रेष्ठ र युजिन राईको स्वर, सन्तोषकुमार आत्रेयको कथा, सन्तोषकुमार आत्रेय र भगवान पौडेलको पटकथा तथा संवाद विष्णुप्रसाद बास्तोलाको भीएफएक्स, दीर्घ खड्काको सम्पादन र कृष्ण बहादुर थापाको छायांंकन रहेको छ ।

कमलबहादुर भुजेल र किरणकुमार आत्रेय फिल्मको कार्यकारी निर्माताहुन् भने फिल्ममा रेश्मा प्रधान सह निर्माता, पार्वती थापा, सुशीला गुरुङ र सागर गोदार क्षेत्री हुन् ।