शुक्रबारबाट नेपाली चलचित्र ‘बहाव’ प्रदर्शन हुने भएको छ ।
फिल्मकर्मी, सञ्चारकर्मी, पत्रकार तथा राजनीतिक दलका नेताको उपस्थितिमा बुधबार साँझ ‘बहाव’ को प्रिमियर गरेको छ ।
………………….
यसै चलचित्र ‘बहाव’ लाई हेटौंडा ४ नारायणी मलमा रहेको एनएस सिनेमा हलमा पनि
शानदार पर्दमा हेर्न पाइने छ ।
चलचित्र हेर्नको लागि एनएस सिनेमा हलको संपर्क नम्बर 057-520949 मा अग्रिम टिकट बुकिङ्ग समेत गर्न सकिने संयोजक किशोर राज पौडेलले बताए ।
………………….
काठमाडौंको वान् सिनेमाजमा आयोजित प्रिमियरपछि फिल्मकर्मी तथा नेताले फिल्मको विषयवस्तु फरक भएकाले हेर्नैपर्ने चलचित्र भएको बताए ।
मानसिक स्वास्थ्यको विषयलाई उठान गरेको कथा भएकाले खुलेरै प्रसंसा गरे ।
समाजको यथार्थ उठाएको कथा समाज भित्रको अन्तरविरोध र विभेदको जरा उखेल्न ‘बहाव’ले केही भूमिका निर्वाह गर्ने दाबी गर्दै अभिनय, संवाद, सम्पादन सबै कुराले फिल्म राम्रो लागेको र फिल्म पारखीहरुका लागि ‘बहाव’ नयाँ स्वाद हुने विश्वास रहेको बताए ।
यस्तो फिल्म दर्शकमाझ आइरहनुपर्ने र प्रेमी, विद्रोही र पागलपन भावमा देखाइएको र विदेश जानुभन्दा पनि क्रान्ति गर्ने सोच ‘जिज्ञासा, विचार अनि यथार्थको कथा रहेको बताए ।
स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुती प्रमोद कँडेलद्धारा निर्देशित ‘बहाव’लाई मिलेको प्रतिक्रिया अनुसार परिवार भित्रको विद्रोहको कथा हो भन्ने अनुमान गर्न सकिन्छ ।
स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको फिल्म ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’मा आधारित छ ।
नेपाल सरकारबाट ‘राष्ट्रिय अवार्ड’ प्राप्त फिल्म ‘गोपी’ निर्माण गरेका श्रीधर पौडेल निर्माता रहेको फिल्ममा सुरक्षा पन्त, कमलमणि नेपाल, अफरान अली, सुर्य शर्मा भट्ट, ईश्वरी सिंह, हीरालाल कँडेल, पवन श्रेष्ठको अभिनय छ ।
सुजन बडालको सम्पादन, वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङले सङ्गीत भरेका हुन् ।
सज्जा चौलागाईंको स्वर, अनन्त घिमिरेको कलर करेक्सन, मुकेश शाहको साउण्ड डिजाइन र मिक्सिङ र कार्तिकेय स्मिता कर्नाटकले छायांकन गरेका हुन् ।



















प्रतिक्रिया दिनुहोस्