रोशन दिप – यसै शुक्रबार देशैभरीको सिनेमा घरहरुमा बहुप्रतीक्षित नेपाली चलचित्र ‘२.० छड्के’ र ‘छक्का पन्जा ४’ एकसाथ प्रदर्शन भएको छ ।

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘२.० छड्के’ मा अभिनयको जादु छरेर सबैको मनमा बस्न सफल भएका कलाकार अनमोल केसीको अभिनय रहेको चलचित्र हो ।

त्यस्तै हेमराज विसीले निर्देशन गरेको फिल्म ‘छक्का पन्जा ४’ मा आफैमा ब्राण्ड बनेका दीपकराज गिरी, दीपाश्री निरौलाको मुख्य अभिनय रहेको छ ।

उता ‘२.० छड्के’ मा अनमोल संगै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, रेशा आले मगर, सन्तोष मिजार, इफान अली, निगम श्रेष्ठ, चिरञ्जिवी अधिकारी लगायत को अभिनय छ।

 

यता दीपककै कथा रहेको ‘छक्का पन्जा ४’मा दिपक र दिपा संगै केदार, निर्मल, बुद्धि, बेनिशा हमला, मलिना जोसी, लुनिभा तुलाधर, राज आचार्य, सुश्मा निरौला, वेदना राई लगायतको अभिनय छ।

दुई चलचित्रको महा भिडन्तमा दुबै चलचित्रपक्षले आफुहरुले दर्शक पाउने दावी गरिरहेका थिए ।

किनकी अनमोल एउटा आफैमा ब्राण्ड बोकेका हिरो हुन् । जसले अहिले सम्म अभिनय गरेको एक चलचित्र पनि फ्लप भएको छैन ।
त्यस्तै दिपक र दिपाको समुहले निर्माण गर्ने चलचित्र प्रति दर्शकहरुचासो अग्रपङ्तीमा   हुने गरेको छ ।

शुक्रबार प्रर्दशनमा आएपछि दुर्इ चलचित्रको महाभिडन्तको चर्चा चलेको समयमा अधिकांश दर्शकहरुले ‘छक्का पन्जा ४’ लाई प्राथमिक्तामा राखेको देखिएको छ ।

हेटौंडा ४ नारायणी मलमा रहेको एनएस सिनेमा हल हेटौडामा फाल्गुन १९ गते शुक्रबार देखि ‘२.० छड्के’ र ‘छक्का पन्जा ४’ एकसाथ प्रदर्शन भइरहदा पनि ‘छक्का पञ्जा ४’ रोजाइमा पर्यो ।

‘२.० छड्के’  केही दर्शकले रोजाईमा पारेपनि कथा बस्तु र अभिनय खल्लो भएको भन्दै मध्यान्तरबाटनै बाहिरीएका थिए भने शनिबार ‘छक्का पञ्जा ४’ नै हेर्ने दर्शकहरुकोृ भिडमभिड थियो ।

व्यापारमा पनि ‘२.० छड्के’ को भन्दा ‘छक्का पञ्जा ४’ माथि हुने स्पष्ट छ भने अनमोलको करिअरकै कमजोर ओपनिङ गर्ने फिल्म बन्ने देखिएको दर्शकहरुको भनाई छ ।

त्यसैले यो महा भिडन्तमा ‘छक्का पन्जा ४’ ले बक्स अफिसमा बाजी मार्नी प्रबल सम्भावना छ ।

चलचित्रलाई शानदार २ वटा पर्दमा हेर्न पाइने र धमामधम टिकट बुकिङ्ग भईरहेको संयोजक किशोर राज पौडेलले बताए ।

आफ्नो परिवारको साथमा चलचित्र हेर्नको लागि एनएस सिनेमा हलको संपर्क नम्बर  057520949 मा अग्रिम टिकट बुकिङ्ग गर्न सकिने छ।