यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको बिषयमा तयार गरिको लघु चलचित्र “निलो फुल” हेटौंडा ४ मा रहेको एनएस सिनेमा हलमा विहिबार निःशुल्क देखाइएको छ ।
नेपालका बिभन्न स्थानहरुमा प्रदर्शन गरि आज एनएस सिनेमा हलमा लघु चलचित्र “निलो फुल” निःशुल्क देखाइएको हो ।
बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय, महिला अधिकारकर्मी, विद्यार्थी, शिक्षक, स्वास्थ्यकर्मी, राजनैतिक दलका व्यक्तित्व, सञ्चारकर्मी लगायतको उपस्थितिमा चलचित्र देखाइएको थियो।
पहिलो संविधान सभा सदस्य समेत रहेका सुनिल बाबु पन्तको निर्देशन तथा उनकै व्यक्तिगत लगानीमा निर्माण भएको“निलो फुल” फ्रेण्ड्स हेटौंडा मकवानपुर संयोजक किरण थापाको समन्वयमा एनएस सिनेमा हलमा बिहिबार प्रिमियर सो गरिएको हो ।
यस अघि काठमाडौँ, नेपालगन्ज, बिराटनगर, बुटवल लगायतका स्थानहरुमा प्रदर्शन गरिएको छ ।
देशमै जन्मिएपनि राज्यले समेत यौनिक अल्पसङ्ख्यकका समस्या सम्बोधनमा चासो नदिएको र सरकारको ध्यानाकर्षण गराउन टेवा पुगोस भनेर पनि निर्माण गरिएको बताइएको छ ।
चलचित्रमा यौनिक अल्पसङ्ख्यक समुदायको गाउँको समलिङ्गी पात्रलाई जबरजस्ती महिलासँग बिहे गर्न लगाएपछि आइपर्ने बाधा समेटिएको छ ।
चलचित्रहेरे निस्कदै गर्दा समाजमा राम्रो सन्देश दिएको उल्लेख गरेका छन् ।
सामाजिक मुद्दाको नयाँ विषय भएको र राम्रो भएको प्रतिक्रिया दिदै चलचित्र छोटो र अधुरो भएकाले “निलो फुल” २ बन्नुपर्ने सुझाव दिएका छन् ।
कथाले समलिङ्गी महिला र पुरुष बिपरित लिङ्ग प्रती बिबाह गर्नु भनेको नै अपराध हो भन्ने जटिल समस्या छ । समाधान गर्न सरोकारवाला निकायको ध्यान हुनुपर्ने बताएका छन् ।
चलचित्रमा सागर घिमिरे, उर्मिला कार्की, घनश्याम जोशी, विमला गिरी लगायतको अभिनय रहेको छ ।














प्रतिक्रिया दिनुहोस्