हेटौँडा उपमहानगर ४ नारायणी मलमा रहेको एनएस सिनेमा हलमा यही शुक्रवार देखि नेपाली चलचित्र फुलवारी प्रदर्शन हुने भएको छ।
निर्देशक रामबाबु गुरुङद्वारा निर्देशित चलचित्र ‘फूलबारी’को सार्वजनिक ट्रेलरमा अभिनेत्री प्रियंका कार्की खराब स्वभावकी बुहारीको रुपमा प्रस्तुत भएको देख्न सकिन्छ ।
‘फिल्म कुन विषयमाथि बनेको हो भन्ने कुरा ट्रेलरबाटनै अनुमान गर्न सकिन्छ ।
सामाजिक नेपाली कथामा आधारित रहेको पारिवारिक फिल्म संसारमै सबैभन्दा बढी रुचाइने र ‘फूलबारी’को कथाले दर्शकलाई बाँध्ने
निर्माण पक्षको भनाइ छ ।
चलचित्रमा विपिन कार्की, दयाहाङ राई, अभिनेत्री प्रियंका कार्की अरुणा कार्की, शिल्पा मास्के र गौमाया गुरुङको अभिनय रहेको छ ।
कमलकिशोर मालपानीको कथा, उपेन्द्र सुब्बाको लेखन तथा मनिष ढकालको निर्माण रहेको छ ।
त्यस्तैगरी हिन्दी चलचित्र शहेजादा पनि हर्न पाइने छ ।
कार्तिक आर्यन, कृति सेनन, परेश रावल मनिषा कोइराला लगायतको अभिनय रहेको छ ।
त्रिविक्रम श्रीनिवासको कथामा रोहित धवनको पटकथा रहे संगै निर्देशन पनि गरेका हुन् ।
चलचित्रलाई शानदार २ वटा पर्दमा हेर्न पाइने हल संयोजक किशोर राज पौडेलले बताए ।
चलचित्रलाई हेर्नकालागि एनएस सिनेमा हलको संपर्क नम्बर 057520949 अग्रिम बुकिङ्ग गर्न सकिने संयोजक पौडेलले बताए ।



















प्रतिक्रिया दिनुहोस्