रोशन दिप – हेटौडा ४ नारायणी मलमा रहेको एनएस सिनेमा हलमा यस वर्षकै बहुप्रतीक्षित हलिउड साइन्स फिक्सन मुवी ‘अवतार’को दोस्रो श्रृंखला प्रर्दशन भएको छ ।
‘अवतार’को पहिलो श्रृंखलाले विश्वव्यापी सर्वाधिक ग्रस कमाउने रेकर्ड समेत राखी सकेको वर्थिङ्टन, जोय साल्दाना प्रमुख भूमिकामा रहेको फिल्मलाई नारायणीमलमा रहेको एन एस सिनेमाको को शानदार पर्दामा हेर्न पाइने भएको हो ।
पृथ्वीबाट पाण्डोरा ग्रहमा पुगेको मानिसको सेना र आदिवासीबीच लडाइँ विच घुमेको कथा छ ।
मल्टीप्लेक्सहरुले दिएको शो र आक्रामक बुकिङ हेर्दा यो फिल्मले नेपालमा रेकर्डतोड कमाई गर्ने देखिएको छ ।
फिल्मको लम्बाइ ३ घण्टा भन्दा बेसी रहेको छ ।
दर्शकहरुको माग अनुसार आइताबार थ्रीडि मा चलाउने भएको एनएस सिनेमा हलका संयोजक किशोर राज पौडेलले बताए ।
हेटौडेली दर्शकहरुको माग रहेकाले थ्रीडि मा चलाऊने भएको र टिकट बुकिङ्गकालागि ०५७-५२०९४९ नम्बरमा संपर्क गर्न सकिने छ ।














प्रतिक्रिया दिनुहोस्