नेपाल टेलिभिजनबाट विगतमा प्रसारण हुने टेलिशृंखला ‘हिजो आजका कुरा’ ले राम्रो परिचय बनाएको थियो ।

अभिनेता सन्तोष पन्त सहित कलाकारहरुको अभिनिनयमा  समाजमा भएका र भइरहेका विषयमा केन्द्रित रहेको टेलिचलचित्र सबैको मनमै बसेको थियो भने टेलिश्रृङ्खला हेर्न मानिसहरू टेलिभिजनमा पर्खेर बस्थे ।

यही असोज असोज २८ गते शुक्रबारदेखि उनै अभिनेता सन्तोष पन्त सहित केही नयाँ कलाकारहरुकै अभिनय रहेको ठुलो पर्दामा दर्शकहरुमाझ चलचित्र ‘हिजो आजका कुरा’ ल्याएका छन् ।

असोज २८ गते शुक्रबारदेखि नै सोही चलचित्र प्रर्दशनमा पनि आएको चलचित्रलाई पन्तका छोरा साकारले पहिलो पटक निर्देशन गरेका छन् ।

छोराको निर्देशनमा बुवा सन्तोष पन्तले अभिनय गरेका हुन् ।

सन्तोष पन्तको जिवन संगिनीका रुपमा रमा थपलियानै छिन् । विगतमा बालकारका रुपमा देखिएका छोरा साकारको निर्देशनमा बुवाको अभिनय हेर्दा काममा साकारले न्याय गरेकै देखिन्छ ।

कथा वस्तुदेखि कलाकारको अभिनय हेरिरहँदा बाल्यकालमा ‘हिजो आजका कुरा’ सिरियल हेर्दाको दिन पनि सम्झाउछ ।

भविष्य खोज्दै युरोप पुगेका नयाँ पुस्ता र घर कुरेर नेपाल बसेका वृद्धवृद्धा बाबुआमाको पिडा युरोप जाने सपना बोकेका र अर्काको देशमा पुगेर देशमा सेटल हुने चाहाना बोकेको कथा ले मन छुन्छ।

डाइपर भिसा अमेरिका पुगेर पनि बुढेशकालमा श्रीमान् श्रीमती छुट्टिनु पर्दाको पीडाले तत्कालै नेपाल फर्केको र बुवा आमालाई छाड्न नसक्नु र विदेशमा भएको सेटल छोड्न नसक्नुको बाध्यता देखाइएको छ ।

वृद्धवृद्धा बुवा आमालाई वृद्धाश्रममा छाड्न हुँदैन भन्ने सन्देस दिएको छ । जेनेरेशन ग्यापको सोचाइ र आन्तरिक द्वन्द्व पनि समेटिएको छ ।

……………

सन्तोष पन्त र रमा थपलियाको छोरा विदेशबाट केही कारणले नेपाल आएका हुन्छन्।
आफ्नो ३८ वर्षिय छोराको विवहा गराउने सोचमा उनिहरु हुन्छन् ।

भर्खरकी किशोरी अवस्था पार गरेकी युवती सोनाम र ३८ वर्षको केटोको विहेको कुरा हुन्छ ।

सोनाम पनि बेग्लै सोचमा हुन्छिन् । अनि के हुन्छ ? यसको उत्तर खोज्न चलचित्र हेर्नै पर्छ ।

बिभिन्न कार्यक्रम होस्ट, टिभि रियालिटी सो ्मा पोख्त हुनुका साथै कुसल कलाकार ऋचा शर्माको उत्कृष्ट अभिनय रहेको छ ।

साथमा ऋचा संगै अद्वेत अर्थात दिव्य देवको अभिनयले समाजमा सन्देस दिने सम्भावाना देखिन्छ ।

ऋचाको इन्ट्रि एक टेलिभिजनप्रस्तोताका रुपमा शिखा पात्र छिन् ।

उनले संचार माध्यमबाट निडर हुदै सरकारी कार्यालयमा हुने बेथितिको विषयमा पर्दाफास गर्छिन् ।

अन्तरवार्ताकै रुपमा प्रस्तुत गरिदै आईएनजीओले क्रिष्टियन धर्म फैलायो भन्ने विवादी कुराकै विषयमा पनि देखाइएको छ ।शिखाले गरेको प्रश्नमा अन्तरवार्ता  दिदै क्रिष्टियन धर्मपक्षले के भन्छन् त  ?

अनि नारीहरु्कै लागि केही गरौं भन्ने सोच एउटा सपना छ । संगै अर्को रोचक कुरा ऋचा अर्थात शिखाको पनि छुट्टै कथा छ । यसमा के हुन्छ त्यो चाही चलचित्रमै छोडिदिए ।

विचमा एक पात्र माइकल युवतीलाई प्रेम गर्छु भन्दै आष्ट्रेलिया लैजाने अभिव्यक्ती दिँदै पट्याउन व्यस्त छन् । जसलाई कामको खासै महत्व छैन । प्रेम सफल हुन्छ या हुदैन । यो पनि चलचित्रमै छोडिदिएँ ।

कलाकारहरु रीमा विश्वकर्मा, केकी अधिकारी, स्व.जयनन्द लामा, लक्ष्मी भुसाल, जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ, विनय कुँइकेल, अनुष्का अधिकारी, निराजन प्रसाद अर्याल, सविन शाक्य, कमला रेग्मी, रिहान केसीले पनि आफ्नो अभिनयमा न्याय नै गरेका छन् ।

चलचित्रलाई अत्याधिक मसाला प्रयोग नगर्दा पनि अन्त्य सुन्दर छ। यसको बलियो पाटो पटकथा मान्न सकिन्छ ।

कमेडी भन्दापनि गम्भीर विषयवस्तु उठान गरेको र अधिकांस चर्चित कलाकारहरु एकसाथ जम्मा गरेपनि दर्शकलाई झर्को भने पटक्कै लाग्दैन ।

कलाकारहरु रीमा विश्वकर्मा, केकी अधिकारी, स्व.जयनन्द लामा, लक्ष्मी भुसाल, जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ, विनय कुँइकेल, अनुष्का अधिकारी, निराजन प्रसाद अर्याल, सविन शाक्य, कमला रेग्मी, रिहान केसीले पनि आफ्नो अभिनयमा न्याय नै गरेका छन् ।

…………………………
बडा दशैंको अवसर पारेर असोज २१ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘२ नम्बरी’ले कव्जा गरकै अवस्थामा न दशैं न तिहार अन्यौलको समयमा चलचित्रलाई प्रर्दशन गरियो ।

‘२ नम्बरी’ले घरेलू बक्सअफिसमा सन्तोषजनक व्यापार गरिरहेपनि ‘हिजो आजका कुरा’ हेर्ने दर्शक घटेका छन् ।
यस साता नै विदेशी चलचित्र गडफादरु र कांतारा पनि आयो ।

चलचित्र धेरै प्रर्दशनमा आउदा दर्शकहरुले रोजाईको चलचित्र हेर्न पाएपनि निर्माण पक्षलाई मार परेकै छ ।

यसैक्रममा हेटौंडा हेटौंडा ४ स्थिति नारायणी मलमा रहेको एनएस सिनेमा हलमा चलचित्र हेरेर निस्कने दर्शकहरुले राम्रो भएको बताएका छन् ।

संगै उच्च वर्गका परिवारले भोगिरहेको समस्या केन्द्रित भयो मध्यम र निम्न वर्गका परिवारका्े समस्या देखाइएन भन्दै केही दर्शकहरुले चित्त पनि दुखाएका छन् ।

विगतमा ब्राण्ड बनेको र अहिले ठुलो पर्दामा बनेको चलचित्र राम्रै भएपनि खासै दर्शक पाउन भने सकेको छैन ।