नेपाली चलचित्र ‘प्रेम गीत ३’ को भारतमा निकै चर्चा भएको छ ।

आगामी असोज ७ दशैं अर्थात २३ सेप्टेम्बर २०२२ बाट नेपालसँगै भारतमा प्रदर्शन हुन लागेपछि तहल्का मच्चिएको छ ।

हलिउड देखि साउथ मुभिलाई हिन्दी भाषमा स्वर दिइरहेका चर्चित डबिङ्ग आर्टिसहरुले उक्त चलचित्रलाई चर्चित हिन्दी भाषाका लागि स्वरदिएका कारण चर्चा चुलिएको हो ।
चर्चित डबिङ्ग आर्टिसहरुले चलचित्र पनि निकै राम्रो बनेको र नेपाली कलाकारीताको प्रसंसा गर्दै शुभकामना समेत दिएका छन् ।

आशुसेन फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र टोलीनै चलचित्र प्रमोसनका लागि भारतको मुम्बइ व्यस्त छन् ।
भारतिय भिडियाहरु देखि युट्युवर हरुलेपनि राम्रै प्रचार प्रसार गरेका छन् ।

सार्वजनिक भएको हिन्दी ट्रेलर देखाउदै म्याजिकल रियाक्सन नामको भारतीय युट्युब च्यानलका युट्युबर आर्यानले सयौंजना भारतीय र पाकिस्तानीससँग प्रतिक्रिया लिएका छन् ।

उनले कलाकारको नाम लिँदै ‘यह किस देशकी, और कितनी बजेटकी मुभि है ? भनेर प्रश्न गर्छन् ।
‘एक्सन रोमान्स लगायत हेर्दा कसैले युरोप, कसैले भारत, कसैले साउथ इन्डिया केहीले अमेरिकन, कसैले स्विजरल्यान्ड, विदेशी ‘वेब सिरिज’ र केहीले हलिउडको नाम लिदै ३,४ सय करोडको लगानी भएको अनुमान सुनाइ रहेका छन् ।

यसैविच आर्यानले ४ करोडमा बनेको बताएपछि भारतियहरु छक्क पर्दै चलचित्र हेर्ने प्रतिवद्धता जनाइरहेका छन् ।
भारतको सहरका गल्ली गल्ली र व्यस्त सडकमा बटुवालाई फिल्मको ट्रेलर देखाउँदै २३ सेप्टेम्बरमा भारतमा रिलिज हुने जानकारी गराउँने क्रमलाई निरन्तर दिएका हुन् ।

भारतीय दर्शकले फिल्मको ट्रेलर हेरेपछि नेपाली कलाकारको कला स्थानहरुको दृष्य भेषभुषा हेर्न आत्तुर भएको प्रतिक्रिया दिएका छन्।

नेपाली फिल्मको ५७ वर्षे इतिहास मै पहिलोपटक नेपाली चलचित्रले विदेशमा प्रदर्शनको मौका पाएको हो।

नेपाली फिल्मलाई भारतिय भाषमा डबिङ्ग गरेर भारत सम्म पुर्याउने साहास गर्ने सन्तोष सेनको पनि आर्यान लगायत भारतियहरुले तारिफगरिरहेका छन् ।

कलाकार अभिनेता प्रदिप खड्का देखि कलाकारहरुको पनि उत्तिकै तारिफ भइरहेको छ ।

चलचित्रमा प्रदिप खड्कालाई साथ दिन क्रिस्टिना अभिनेत्रीको रुपमा डेब्यू गरेकी हुन् ।
साथमा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, अनुभव रेग्मी, योगीशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवा लगायत कलाकारको पनि अभिनय छ ।

छेतेन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गरेका हुन् । छेतेन गुरुङको भने मृत्यु भइसकेको छ । फिल्मका छायाँकार राजेश श्रेष्ठ हुन्।

भारतिय युट्युवर आर्यानको युट्युव च्यानको लिङ्क

https://www.youtube.com/channel/UCgsmBtw8N_oInFEwLWQSazw/videos