करिब ४ हजार वर्ष अगाडी देखि अस्तित्वमा रहेको नेपालमा हिम सृखला,पहाडी क्षेत्र,समतल भुवाग खण्डको बिसिस्टता रहेको छ ।
यस भुवागले मानब जातीलाइ आदिमकाल समाज देखीनै आश्रय,भोजन र जीवन प्रदान गर्दै आएको छ।
यहा मानव जातीको मात्रसतात्मक समाजको प्रमाण देखी बर्तमान अवस्ताको सामन्ती,पुजीबादी मानव समाज रहेको पाइन्छ प्राचिनकाल देखिनै कहिले फैलिने,कहिले खुम्चिने गर्दै आफ्नो अस्तित्व कायम गर्दै प्राचिनकाल देखी आधुनिककालमा रास्ट्रिय एकिकरण देखी दक्षीणको ब्रिटिस-भारत औपनिबेसिक सामराज्य र उत्तरको चीनको सामन्ती साम्राज्यको माझ आफुलाई जीवित राख्दै दुइ ढुङ्गा बिचको तरुल झैँ हुर्कदै आएको थियो यसले स्वर्णकाल मात्र भोग गरेन पटक पटक संकटहरुको सामना समेत गरेको छ ।
सत्रौ सताब्दी देखिनै दक्षीण एसियामा ब्रिटिस उपनिवेशबादहरुले सामराज्य फैलाउने क्रममै नेपालमा आधुनिककाल आएपछि नेपाल पटक पटक आफ्नो अस्तित्व संकटबाट गुज्रिन परेको यथार्त चर्चा गर्नु आवस्यक हुन्छ ।
नेपाल एकीकरण चलिरहेकै समयमा बिदेसी हस्तक्षेपको सामना गर्नु पर्यो। नेपाल एकीकरण रोक्नकै निम्ती ब्रिटिस सस्था इस्ट इन्डिया कम्पनीका सैनिक कप्तान किनलोकको नेत्तृत्वमा रहेको आधुनिक हातहतियारले सुसज्जित २५०० को संख्यामा सिन्धुली हुदै काठमाडौँ हान्ने उदेस्यले आएको फौजलाई हाम्रा बिरपुर्खा नेपाली फौजले सन् १७७६मा सिन्धुलीको पौवागडीमा घात लगाई ढुङ्गामुडा,अरिङ्गालको गोलो सिस्नु आदि प्रयोग गर्दै बुद्धिमानि र बिरता पुर्वक पराजीत गर्न नसकेको भए सायद तेसबेला सुरु गरेको एकीकरण अभियाननै सफल हुन सक्ने थिएन।
एकीकरणकै समयमा नेपाल संग हार खाइसकेको अंग्रेज साम्राज्यवादले नेपालो युद्दकला,बिरता, मात्रभुमी प्रतीको इमान्दारिता र राज्य बिस्तारको सकल्पलाइ गम्बिरताका साथ हेरेको अंग्रेजले नेपाल बिरुद्ध सम्पूर्ण सैनिक सक्तिका साथ सैनिक हमला गर्ने बाहेक अर्को बाटो नदेखेपछि अंग्रेज साम्राज्यले बुटवल र स्वराज क्षेत्रको दाबी गरी सन् १८१४ मा पन्द्र दिन भित्रमा उक्त ठाउहरु खाली गर्ने खालि नगरे कम्पनी सरकारले युद द्वारा कब्जा गर्ने धम्कीपूर्ण आदेस पत्र नेपाललाई पठायो स्वाभिमानी देसभक्त नेपाली बिर हरुलाई यो कुरा पाच्य भएन र नेपाली सैनिकले अंग्रेज बिरुद युद्द गर्ने निर्णय गरे।
अंग्रेज द्वारा ११ ठाउ बाट आक्रमण सुरु गरे ३ ठाउमा नेपाल तर्फको जित भयो।
अन्य ८(आठ) ठाउमा नेपाली पक्च्यको हार हुन गयो जसले गर्दा सन् १८१६ मार्च ४ मा सुघौली सन्धि जस्तो देश हित बिपरित सन्दी गर्नु पर्ने बाद्यात्मक अवस्ता सिर्जना गर्यो।
जसबाट हाम्रो एक तिहाई भुवाग कटाई नेपाललाई मेचि देखी महाकाली सम्म खुम्चिन बाद्य बनायो तत्कालीन समयमा ठुलो भुवाग गुमाएर पनी नेपाल राष्ट्रलाइ बचाएका देखिन्छ ।
२००७ सालको क्रान्ति पछि राजा,राणा र कांग्रेसको दिल्लीमा भएको सम्झौता पछि राजनैतिक परिवर्तन पश्चात देसको अस्तित्व रक्षाको ठुलो भुमरीबाट नेपाल निस्केको रहेछ।
जुन यो समयमा बुज्न सकिन्छ। पहिलो दिल्ली सम्झौताले व्यवस्था गरेको बिधानसभाको चुनाव भएको भए दिल्लीको प्रभावमा परेको नेपालको अपरिपक्क राजनैतिक पार्टीहरु चेतना स्तर कम भएको नेपाली जनता रहेको अवस्थामा विधानसभाको चुनाव भएको भए नेपालको अस्तित्वनै गुम्ने बास्तबिकता थियो। भर्खरै २०७२ असोजमा आएको नेपालको सम्बिधानमा बुदागत रुपमै संसोधन गर्न दबाव दिने भारतले तत्कालीन समयमा के सम्म गर्न सक्थ्यो भन्ने हामी सजिलै अनुमान लगाउन सकिन्छ ।
सो समयमा राजा महेन्द्र शाहको चलाखी र दाउपेच बाट विधानसभाको चुनाब पन्छिएर नेपालको स्वतन्त्रता सुरक्षीत रहेको देखिन्छ  यदप्पी  राजा महेन्द्रले २०१७ साल सैनिकबल प्रयोग गरी सत्ताकब्जा गरी राजनैतिक दलहरुलाई प्रतिबन्द लगाउने कामले स्वतन्त्रता हनन भएको देखिन्छ ।
सन् १९४७ मा भारत स्वतन्त्र भयो र नया सरकार गठन भयो र तत्कालीन  गृहमन्त्री बल्लभ भाइ पटेलले भारत क्षेत्रको थुप्रै ससाना राज्यहरुलाई सैनिक बल द्वारा भारतमा बिलय गर्दै गरेको  समयमा नेपाललाई पनी सैनिक बल द्वारा भारतमा बिलय गर्ने सल्लाह तत्कालीन प्र.म जहारलाल नेरु लाइ दिएको सो समय अनुकुल नरहेको जहरलाल नेरुको बुजाई रहेको देखिन्छ सन् १९७० मा भारत र तत्कालीन सोभियत संघबीच २० बर्षे रणनीतिक सन्धि भएको थियो। जसबाट महत्वकाक्षी र आक्रामक बन्दै सन् १९७१ मा  भारतिय खुफिया सस्था ( र,अ ) ले पाकिस्तान टुक्राउने खेल खेल्यो   र सन् १९७५मा स्वतन्त्र रहेको सिक्किम लाई पनि र,अ कै डिजाइनमा भारतको २२ औ प्रान्तको रुपमा बिलय गरसुन सफल भयो।
सोहि समयमा भारतीय प्र.म इन्दिरा गान्धीले नेपालको तराईलाई अलग्याई भारतमा मिलाउने अभियान सुरुगर्न निर्देसन दिएको कुरा भारतीय र’अ का तत्कालीन दोस्रो तहका अधिकारी आर.के यादबले आफ्नो पुस्तक मिसन र’अ मा लेखेका छन् नेपालमा मडारिरहेको संकट बुझी नेपालमा बिद्दमान राजतन्त्रको निरंकुस शासन अन्त गर्ने उदेस्यले भारत निर्बासित रहेका प्रजातन्त्रबादी नेता बि.पी कोइरालाले राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल प्रबेस गरे ।
नेपालका तत्कालीन राजा बिरेन्द्रले नेपाललाई शान्तिक्षेत्र घोषित गर्ने प्रस्ताब बिस्वसामु राखी नेपाल माथी हुन सक्ने बिदेसी हस्तक्षेपको उजागर गरे राजनैतिक उथल पुथलको कारणले गर्दा भारतमा इन्दिरा गान्धी सत्ता बाहिरन पुगिन उपरोक्त उल्लेखित कारणहरुले गर्दा सो समयमा संकट बाट नेपाल जोगिएको देखिन्छ ।
बि.स २०५२ साल देखी ससस्त्र आन्दोलनमा होमिएको मावोबादी र सात दल बिच बि.स २०६२ मा १२ बुदे सम्झौता सम्पन्न भयो जसलाई दोस्रो दिल्ली सम्झौता पनि भानिन्छ यही सम्झौता मार्फत नेपालमा संबिधानसभाको निर्वाचन गरी संबिधान निर्माण गर्ने कार्यसुची तयार गरियो  ।
जसमा मदेस आन्दोलन मार्फत  नेपाल सरकारले बिदेसी रणनीतिले लादेको संघियतामा जाने निर्णय गराइ नेपालबाट तराइ/मदेस अलग्याउने रणनीतिलाइ संघियताको खोलमा क्रियासिल बनाइयो सोहि समय देखिनै मदेसी नेताहरु एक मदेस एक प्रदेस,आत्मनिर्णयको अधिकार,हिन्दीभाषा नेपालको दोस्रो भाषा जस्ता नारा लागाउन थालीयो स्मरण रहोस बि.स २०४६साल चैत्र मसान्त भित्र नेपालमा जन्मेकालाइ जन्मसिद्द अधिकारको नाममा लाखौ भारतीयलाई नागरिता बेच्ने काम गरियो यसको एकमात्र उदेस्य भनेकै जसरी युक्रेनको क्रिमिया जनमतबाट रुसमा बिलय गरियो त्यसरीनै नेपालको तराइ/मदेस भारतमा बिलय गर्ने रणनीतिको  कार्यनीति हो क्रिमिया रुसमा बिलय हुदा स्वागत गर्ने पनि भारत पहिलो हो।
 बि.स २००७ साल अघि देखिनै जनताले चुनिएको प्रतिनिधि मार्फत संबिधान बनाउने परिकल्पना साकार भइ २०७२ असोज ३ मा जारि नेपालको संबिधान भारतको रणनीति अनुकुल नापाएपछि यसलाई आफ्नो अनुकुल बनाउन बुदागत रुपमै संसोदन गर्न दबाब दिदै देसमा अन्तरास्ट्रिय कानुन बिपरित अमानबीय नाकाबन्दी लगायो नेपाल स्थित आफ्नो ताबेदारी गर्ने विशेषगरि मदेसी केन्द्रित नेताहरुलाई सम्पूर्ण खाले सहयोग गर्यो नेपाली जनता र सरकारको प्रतिबाद तथा बिरोद र बिस्वजगतको बडदो बिरोदका कारण अमानबीय भारतीय नाकाबन्दी पराजित हुनु पनि एउटा उपलब्धी हो ।
नेपाल बिखन्डन पार्ने परिस्थिति सिर्जना गर्ने बिदेसी रणनीति नेपालभित्रै बाट संबिधान निर्माण पश्चात पनी चलाउने तयारी भएको  तथा बिदेसी रणनिती अनुसार नेपाल भित्रै बाट नेपाल नियन्त्रण गर्ने र अस्थिरता अन्योल गर्दै आन्तरिक कलह चर्काउने जस्ता खेलहरु रचिएको थियो। ६२, ६३ को आन्दोलनको जगमा देसमा धर्मनिरपेक्ष र सङियतामा जाने बिषयमा व्यापक छ्लफल तथा जनताको अभिमत नलीइ लागू गर्ने कार्य बिदेशी इसारामा भएको भन्ने आम बुझाइलाइ बल पुग्ने देखिन्छ। बर्तमान समयमा लागू गरिएको एम सि सि, सांसदमा पेश गरिएको नागरिता बिधेयक व्यापक रुपमा जनस्तरबाट बिरोध हुदा पनि बिद्दमान राजनीतिक दलहरु पास गर्न्ने कित्तामा रहेको देखियो ।
केहि सक्तिहरु जातिवादी तथा क्षेत्रबादी झुण्डहरुलाई गोलबद्ध गर्ने तराइ,पहाडका अतिबादी समुहलाई प्रयोग गर्ने भएका उपलब्धीलाइ सस्थागत नगर्ने तर्फ अगाडी बददै छन् भने केही झुण्डहरु उग्र रुपमा अराजक गतिबिदी गर्दै आतंक,अपराद्लाई बढावा दिदै छन् भने केहि सक्तिहरु सामन्ती,सोसक बर्गको हितरक्षाको निम्ती सक्ती निर्माणमा छ केही ठुला सक्ति ठान्नेहरु देसको वास्तविक अवस्थाको आंकलन गर्न नसकी  दम्म , अहंकार र बेथितिको अभ्यासबाट निस्कन नसक्ने अवस्थामा रहेको छ। जसकारण जनतामाझ अलोकप्रिय भएको देखिन्छ।
मुलुकमा अनिमियता भस्टाचार बेथितिको राजनीतिक, र कर्मचारीतन्त्र र अन्तराष्ट्रिय संगठित तस्करीहरु,आतंककारिहरु आफ्नो गतिबिदी गर्दा नेपालको भुमी प्रयोग गर्ने र यस्ता घटना बढ्दै गैरहेको उदारण हामी माझ छ। यसरी बिस्वसामु भ्रष्ट राजनिती र कर्माचारीतन्त्र गैरकानुनी धन्दा,अपराधिक गतिबिदिको थलो अथवा ट्रान्जिट पोइन्टको  रुपमा नेपाललाई  हेरिने हो भने देस कुन अवस्थामा पुग्छ भन्ने हामीले अन्य तेस्ता गतिबिदिकै कारणले देस तहस नहस भएका छिमेकी देशहरु हेरेरै अनुमान लगाउन सक्छौ ।
यसरी विभिन्न कालखण्डमा पटक पटक आएको संकटबाट नेपाल जोगिदै आएको देखिन्छ तर वर्तमान समयमा  तेस्ता खाले संकटले घेरैदै आएको छ।
राष्ट्रहित भन्दा आफ्नोहित चाहने ब्यक्तिबादी स्वार्थ बोकेको जमातको बददो र देशकै बडि संख्यामा रहेको युवाशक्तीमा रास्ट्रयताको भावना कमजोर हुनु। बिदेश पलायन हुनु लाखौ युवाहरु लागुऔषध लागुपदार्थको दलदलमा फस्दै जानु देश प्रतेक बर्ष ऋणमा डुब्दै जानू जस्तो अवस्थामा  अबको निकास बिगतमा भएका राष्ट्रघाती संदिहरु, बस्तारबादी तथा साम्रास्यबादी सक्तिहरुको हेपाहा प्रबिदी,बिद्दमान मुलुकहित बिपरत गतिबिदी गर्ने सक्तिहरुलाइ परास्त पार्न नेपाली राष्ट्रय हितलाई अग्रिम पंक्तिमा राखी  रचनात्मक र शृजानात्मक कार्यगर्दै नया आयामको क्रान्तिको आवस्यकता लाइ  अभियानको रुपमा लैजाने ससक्त शक्ति निर्माण गर्न्ने  जागरुकता,प्रतिबद्धता र सक्रियता पुर्वक जनतालाइ गोलबद्द गर्ने र संघर्षको मैदानमा उतार्ने जनताले अपनत्व गर्न सक्ने सक्तिको आवस्यकता छ।
मुलुक चिन्तनलाई  मार्गदर्सकको रुपमा आत्मसाथ गर्नुनै सुखी नेपाली र समृद्ध नेपालको घन्टी बजाउने  अन्तिम बिकल्प हुनसक्छ ।
विशाल राज महत बाट प्रप्त लेख ।।।
…………………….
विशाल राज महत 
राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुर
उपमहानगर संगठन विभाग प्रमुख