नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा लाई सरकारमा किन गएको भनी प्रश्न गर्नुभएको छ ।
बुधवार काठमाण्डौमा आयोजित ‘अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवालु विषयक विचार गोष्ठीमा बोल्दै महामन्त्री थापाले सरकारलाई दिएको समर्थन फिर्ता नगरेकोमा पनि रास्वपाप्रति असन्तुष्टि जनाउनुभयो ।
उहाँले भन्नुभयो, ‘पुराना नेताहरूलाई नो नट अगेन भन्ने राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा किन गएको रु सरकारमा किन गएको भनेर भन्न नपर्ने । सरकारमा गएको मान्छे फेरि किन बाहिर गएको ? अनि अहिले सरकारबाट बाहिर किन गएको भन्दै गर्दा हामीसँग गरिएको सहमति पालना भएन भन्ने । सहमति कसले पालना नगरेको रु प्रधानमन्त्रीले पालना नगरेको रु सबैभन्दा बढी रिसाउनुपर्ने प्रधानमन्त्रीसँग होइन रु अनि अहिले सरकार छोड्दै गर्दा सरकारलाई दिएको समर्थन फिर्ता गर्नुपर्ने होइन ? कि राष्ट्रिय स्वतन्त्र पार्टीलाई चाहिँ प्रश्न सोध्नै नहुने हो ?
कार्यक्रममा बोल्दै महामन्त्री थापाले नेकपा एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई आफ्नो पार्टीले हराएरै छाड्ने दाबी गर्नुभयो ।























प्रतिक्रिया दिनुहोस्