बैसाख ३० गते अर्थात आज शुक्रवार स्थानीय तहको निर्वाचन भएको छ ।
मताधिकार प्रयोग गर्न र आफुले चाहेको जनप्रतिनिधि चुन्न मतदाताहरु उत्साहित हुदै मतदान स्थल पुगेर मतदान गरेका छन् ।
केही स्थानमा बिभिन्न कारण देखाउदै अबरोध समेत गरेका छन् ।
यसैक्रममा रौतहटको यमुनामाई गाउँपालिकामा मतपेटिका लुटपाट भएको भन्दै खबर भाइरल भएको छ।
यमुनामाई गाउँपालिकाको वडा नम्बर १ को चिकना जेठरहिया ‘क’ मतदान स्थल र वडा नम्बर २ को एक मतदान स्थलबाट मतपेटिका लुटिएको खबर भाइरल भएको हो ।
मुनामाईमा बिभिन्न पार्टीका कार्यकर्ताबीच झडप भएको र मतदान स्थलमा हुलदंगा भएपछि मतदान केन्द्रमा रहेको मतपेटिका बोकेर भागेका थिए ।
रातो समाचार संगको कुराकानीमा बोल्दै निर्वाचन अधिकृत हरिप्रसाद शर्माले मतदान स्थलबाट लुटिएको २ वटा मतपेटिका तोडफोड गरेर मतपत्र समेत च्यतेको बताएका हुन् । मतपेटिका तोडफोड गरेका कारण मतदान रद्द भएको छ ।
सोही विषयमा जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्लाअधिकारी श्री कृष्ण बहादुर शाहीले केही व्यक्तीहरुले खाली मतपेटीका लिएर भागेपनि उनिहरुलाई र मत पेटिका प्रहरीले नियन्त्रममा लिएको बताएका हुन् ।


























प्रतिक्रिया दिनुहोस्