आगामी फागुन – २१ गते हुन गइरहेको प्रतिनीधि सभा निर्वाचनका लागि चुनावी मैदानमा कुलमान घिसिङ नेतृत्व उज्यालो नेपाल पार्टीका तर्फबाट सुरेन्द्र लामा (योन्जन) मकवानपुर क्षेत्र नं. १ का प्रत्यक्ष उम्मेदवार बनेका छन्।

कम्प्युटर इञ्जिनियर  समेत रहेका सुरेन्द्र उम्मेदवार बनेपछि जनताको समस्यालाई प्राथमिकतामा भन्दै मतदातासंग भेटघाट गरिरहेका छन् ।
यसै विचउम्मेदवार सुरेन्द्रले मतदाताहरुसँग प्रत्यक्ष भेटघाट गर्दै क्षेत्रका दीर्घकालीन समस्याहरू समाधानका लागि जोड दिएर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

नागरिकको समस्या र मुद्दाहरूलाई आफ्नो शिक्षाको योग्यता र क्षमताको आधारमा क्रमशः समाधान गर्ने जनतकै कामम गर्न अघि बढेको बताउँछन्।

उम्मेदवार  (योन्जन)  भन्छन्  “मेरो माग पनि यही हो कि मकवानपुर–१ को भविष्यका लागि यदि हामी प्रतिनिधि चयन गर्दैछौं भने यस विषयमा खुला बहस हुनुपर्छ। घरदैलो अभियान मात्र होइन, एउटै स्थानमा प्रश्न–उत्तरमार्फत जनताले प्रत्यक्ष रूपमा बुझ्न अवसर पाउँन। यस्तो खुला संवाद र बहसका लागि म तयार छु।”

 

…………………………………………………………………………………………………………………………………………………

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनीधि सभा निर्वाचनका लागि बिभिन्न दल र स्वतन्त्र तर्फबाट उम्मेदवार बनिसकेको अवस्था छ । गएको भदौ २३ र भदौ २४ गतेको जेनजी आन्दोलनको कारणले संसद विघटन भएपछि नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुन लागेको हो ।

मकवानपुरलाई हेर्दा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार विभिन्न राजनीतिक पार्टीहरूका प्रतिनिधिहरूसँगै स्वतन्त्र तर्फबाट गरेर कूल ४४ जनाले उम्मेद्वारी दर्ता गराएका हुन् । क्षेत्र–१ बाट २३ जना क्षेत्र–२ बाट २१ जना भिड्दै छन् ।
उम्मेद्वारहरु प्रचार प्रसारका लागि पनि दौडधूपमा व्यवस्थ देख्दा निर्वाचनको माहोल रोचक बन्ने देखिन्छ ।

…………………………………………………………………………………………………………………………………………………