आउदो जेठ १२ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली फिल्म ‘हुक्का : एन एब्सर्ड ड्रिम’ को ट्रेलर सार्वजनिक भएको छ ।
स्पाइनी ब्याब्लर क्रिएसनले ह्यासट्याग नेपालसँग सहकार्य गर्दै निर्माण गरेको शम्भु थापाको निर्देशन रहेको फिल्मको करिब तीन मिनेट लामो ट्रेलर सार्वजनिक भएको हो ।
ट्रेलरले बुझाए अनुसार फिल्म पारिवारिक विषयमा तयार भएको मान्न सकिन्छ ।
फिल्ममा प्रमिला खनाल, सन्तोषकुमार आत्रेय, प्रकाश घिमिरे, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङ लगायतका कलाकारहरुको अभिनय छ ।
निश्चल विमल, अर्जुन गोदार, कुमार गुरुङ्ग र बाल कलाकार अङ्कित जिसीको पनि अभिनय छ ।
ट्रेलरले बुझाए अनुसार फिल्म पारिवारिक विषयमा तयार भएको मान्न सकिन्छ ।
फिल्ममा प्रयत्न श्रेष्ठको शब्द र संगीत, प्रयत्न श्रेष्ठ र युजिन राईको स्वर, सन्तोषकुमार आत्रेयको कथा, सन्तोषकुमार आत्रेय र भगवान पौडेलको पटकथा तथा संवाद छ ।
विष्णुप्रसाद बास्तोलाको भीएफएक्स, दीर्घ खड्काको सम्पादन र कृष्ण बहादुर थापाको छायांंकन रहेको छ ।
कमलबहादुर भुजेल र किरणकुमार आत्रेय फिल्मको कार्यकारी निर्माताहुन् भने फिल्ममा रेश्मा प्रधान सह निर्माता, पार्वती थापा, सुशीला गुरुङ र सागर गोदार क्षेत्री हुन् ।
फिल्मको वितरण काठमाडौं उपत्यकामा स्टेशन फाइभ र उपत्यकाबाहिर एफडी कम्पनीले गर्ने बताइएको छ ।














प्रतिक्रिया दिनुहोस्