चितवन क्षेत्र नम्बर २ मा हिजो भएको उपनिर्वाचनको मतगणना आज दिउँसो १ बजेदेखि हुने भएको छ। आज ढिलो गरेर सुरु भएको सर्वदलिय बैठकबाट दिउँसो १ बजे देखि मतगणना हुने सहमती भएको सहायक निर्वाचन अधिकृत इश्वर आचार्यले जानकारी दिएका छन्।

चितवन–२ मा नेपाली कांग्रेसबाट जीतनारायण श्रेष्ठ , नेकपा एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेसहितका उमेदवार रहेका छन।

चितवन २ मा ६३ प्रतिशत मत खसेको छ। जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भिमसेन कार्कीका अनुसार १ सय ३८ मतदान केन्द्रबाट ७८ हजार २७७ मत खसेको छ। यस क्षेत्रमा १ लाख २४ हजार ६९५ मतदाता थिए। मंसिर ४ गतेको निर्वाचनमा भन्दा कम मत खसेको हो। अघिल्लो मंसिर ४ गते भएको आम निर्वाचनमा ६७ दशमलव ८६ प्रतिशत मत खसेको थियो। यो भनेको गत चुनावको भन्दा करिव ४ प्रतिशतले कमी हो।