नेपाली चलचित्रका कलाकार हुन् या निर्माता, निर्देशक बितरक जो हुन्  कहिले विवादी बनेका छन् त कहिले दुख पोखी रहेका छन् ।
यसै क्रममा पछिल्लो समय नेपाली चलचित्र एक भागवद गिता लाई पनि यस्तै संकट आएको जनाइएको छ ।

अन्तरजातीय प्रेमकथामा आधारित चलचित्रमा विपिन कार्की, धिरज मगर, सुहाना थापा, कविर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुरको अभिनय छ ।

सुनिल कुमार थापाको निर्माण चलचित्र निर्देशन झरना थापाको हो ।

कथा लेखनमा झरना र सँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढुंगेल र कृष्णको पटकथा रहेको सिनेमामा परिक्षेद र पुरुषोत्तमले संवाद लेखेका छन् ।

नेपाली चलचित्र एक भागवत गीताको ट्रेलर सार्वजनिक भइसकेको छ ।
चलचित्रलाई प्रर्दशनको पक्षमा निमार्ण पक्षमा छन् भने केही अबरोध आएको भन्दै प्रस्तुत कर्ता सुनिल कुमार थापाले आफ्ना भनाई व्यक्त गरिरहेका छन् ।

यसै विच कुसल अभिनयकी खानी मानिने पछिल्लो समय निर्देशका समेत भनेर परिचय बनाएकी झरना थापाले चलचित्र कर्म र दर्शकहरुको खुसि नै आफ्नो जिन्दगी भएको बताएकी छिन् ।

सामाजिक संजाल आफ्नो फेशबुकमा आफ्ना भनाई लेखेकी हुन् ।

………………………

यस्तो छ ।मध्यरातमा मैले आज यो लेखिरहदा खेरि धेरै जना निदाई सक्नुभएको होला , कति जना अझै निदाउनु भएको छैन होला | मान्छेलाई अत्यन्तै पीडावोध र निराशा भयो भने निद्रा नलाग्दो रहेछ जुन आज म महसुस गरिरहेको छु , प्रार्थना गर्छु , जो जति जना निदाउनु भएको छैन , हजुरहरु ननिदाउने कारण मेरो जस्तो नहोस |

मैले मेरो जीवनको तीन दशक अनवरत रुपमा चलचित्र क्षेत्रमा दिएँ | प्रिय दर्शक हजुरहरुको मायाले म पर्दामा छाइरहें | मैले पनि दिनरात , झरीबादल , घर परिवार नभनी हजुरहरुलाई मनोरंजन दिन अथक काम गरिरहें | सम्पूर्ण नेपाली दर्शकहरुको माया र साथको कारणले म अभिनय हुदै निर्देशनमा आइपुगेको छु | म जहाँ छु , जे छु , जस्तो छु , म नेपाली जन र नेपाली मनको आशिर्वादले छु | यहि प्रेरणाले म मेरो अन्तिम सास सम्म चलचित्रमै काम गर्छु भनेर हिंडीरहेकी छु | मेरो जिन्दगि भनेकै चलचित्र कर्म र दर्शक हरुको खुसि हो , त्यसबाहेक केहि छैन |
मैले निरन्तर चलचित्र गरिरहेको छु र निर्देशकको रुपमा हजुरहरुको माया र स्नेह निरन्तर पाइरहेको छु | यहि क्रममा समाजको केहि यथार्थलाई टिपेर एउटा चलचित्र हामीले बनायौं | चलचित्रको कथावस्तु तथा मेरो भगवान श्रीकृष्ण प्रतिको असिम आस्था लाई केन्द्रमा राखेर चलचित्रको नाम “एक भगवत गीता “ राख्यौं | मैले मेरो जीवन भर राष्ट्र , हाम्रो देशको इतिहास , भौगोलिक अखन्ड़ता , सांस्कृतिक विविधता, धार्मिक आस्था र सहिष्णुतामा आंच आउने कर्म ऐले सम्म कहिल्यै गरेको छैन | हामीले एक भागवत गीता निर्माण पुरा गरेर अब हजुरहरुको हातमा सुम्पन तयार भैसके पछी चलचित्रको नाम माथि प्रश्न उठाइयो | हामीले उठेका प्रश्नहरुको विनम्रता पुर्वक उत्तर दियौं | हामीले हाम्रो चलचित्रमा हिन्दु पवित्र ग्रन्थ श्रीमद्भागवतगीताको कुनै पनि अवहेलना गरेका छैनौ भनेर कथाको सार नै प्रस्तुत गर्यौं | चलचित्रको स्क्रिप्ट नै अध्ययन गर्न दियौं | अझ चित्त नबुझे रिलिज पुर्व चलचित्र हेर्न पनि अनुरोध गर्यौं |
प्रिय दर्शक बृन्द , मेरो आफ्नो जीवन नै भगवान श्रीकृष्णको आस्थामा चलेको छ र श्रीमद्भागवत गीता आफैमा मेरो चलचित्र कर्मको प्रेरणा हो | म धार्मिक आस्था र सहिष्णुतामा सचेत छु र कथा चयन गर्दा सबै कुराको अध्ययन गरेको छु | बारम्बार हामीले हाम्रो चलचित्रको कथावस्तु सुनाएर , श्रीमद्भागवतगीता को अवहेलना नभएको स प्रमाण बताईरहदा पनि चलचित्रलाई सेन्सर अनुमति नै दिईएको छैन र निर्क्योल भोलि आइतबार गरिने भनेर भनिएको छ | आफ्ना सारा स्रोत सम्पति , सपना र ऐले सम्मको चलचित्रकर्मको लगानी गरेर बनाइएको चलचित्र यसरि चल्नै नदिने अवस्था आउदा मर्नु न बाँच्नुको पीडा भैरहेको छ | थाहा छैन हाम्रो चलचित्र हजुरहरुको आँखा सम्म आउन् पाउछ कि पाउदैन | थाह छैन , प्रिय दर्शक हरुको मायाको तेलले बलिरहेको यो झरना थापा नामको दियो अब बल्न पाउछ कि पाउदैन | सत्य बोलिरहदा पनि , सहि छु भनेर दसी प्रमाण दिईरहदा पनि कसैले न सुनिदिए पछी अन्तिममा फैसला त भगवान ले गर्नु होला नि हैन ?
मैले मेरो फैसला मेरो भगवानको हातमा छोडीदिएको छु
प्रिय दर्शक हरु !!!!
.भगवान श्री कृष्ण !!
हरे कृष्ण !!!