मल्पी इन्टरनेसनल कलेजको सेन्टर फर फाइनान्स बैंकिङ एन्ड इन्स्योरेन्सले फागुन २७ सम्म लगानी साक्षरतासम्बन्धी बुट क्याम्प आयोजना गर्ने भएको छ।

उक्त कार्यक्रममा बैंक, अग्रणी स्टक ब्रोकर कम्पनी, सेयर विश्लेषणात्मक सफ्टवेयर कम्पनी र सेयर बजारका दिग्गज खेलाडीको सहकार्य रहनेछ।

बुटक्याम्प ६ दिनसम्म चल्नेछ। यसले नेपाल स्टक एक्सचेन्जमा लगानीलाई कसरी सुरुआत गर्न सकिन्छ भन्नेबारे आधारभूत कुरा सिकाउने कम्पनीले जनाएको छ। सेयर बजारमा लगानी गर्न इच्छुक भएका तर कहाँबाट सुरु गर्ने भन्ने अनभिज्ञता भएकालाई लक्षित गरेर यो क्याम्पनको आयोजना गरिएको कम्पनीले जनाएको छ।

यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो